१५ चैत्र २०८० बिहीबार
समाज

कालीगण्डकीमा नुहाउँदा दुई युवा बेपत्ता

पाल्पा - कालीगण्डकीमा विहीबार नुहाउने र पौडी खेल्ने क्रममा बगेर दुई युवा बेपत्ता भएका छन् ।बेपत्ता हुनेमा बगनासकाली गाउँपालिका ६ यम्घाका २५ वर्षीय गोविन्द्र परियार र २४ वर्षीय चन्द्रबहादुर परियार रहेका छन्।

त्यस्तै, उद्धार गरिएकामा सोही स्थानका २२ वर्षीय विजय परियार र १८ वर्षीय सागर परियार रहेको जिल्ला प्रहरी कार्यालय, पाल्पाका प्रहरी नायब उपरीक्षक विनोद घिमिरेले जानकारी दिए ।उनीहरु बिहीबार नुहाउने क्रममा बगनासकाली गाउँपालिका–६, यम्घा नजिकैको कालीगण्डकीमा बेपत्ता भएको प्रहरी नायब उपरीक्षक घिमिरेले जानकारी दिए।

उनका अनुसार कूलपूजा सकेर नुहाउन गएका चारजनामध्ये दुईजना बेपत्ता भएको र दुईजनाको नदीबाटै उद्धार गरिएको छ।उद्धार गरिएका दुई युवकको अवस्था मध्यम रहेको र उनीहरुलाई उपचारका लागि लुम्बिनी मेडिकल कलेज, प्रभासमा ल्याइएको प्रहरीले जनाएको छ । बेपत्ता भएका युवाको खोजी कार्य भइरहेको छ।रासस

प्रकाशित: ११ जेष्ठ २०७५ ०५:०३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App