१५ चैत्र २०८० बिहीबार
समाज

मिनी ट्रक दुर्घटना हुँदा दुई जना घाइते

वीरगन्ज- पूर्व पश्चिम राजमार्गमा पर्ने निजगढदेखि ५ किलोमिटर पूर्व एउटा मिनी ट्रक दुर्घटना भएको छ। दुर्घटनामा मिनी ट्रकमा रहेका दुई जना घाइते भएका छन्।

ना५प ३७८१ नम्बरको उक्त मिनी ट्रकमा लैजाँदै गरिएको १६ वटा राँगा घाइते भएका छन्। रौतहटको जगतपुर बिर्ताबाट रागा बोकेर निजगढ जान लागेको मिनी ट्रक बिपरित दिशाबाट आइरहेको ट्रकलाई साइड दिने क्रममा एउटा कल्भर्ट निर राजमार्गबाट उछिटिएर १० फिट तल खसेको छ।

घाइतेहारुको उपचार निजगढको मोहिनी मेडिकलमा भइरहेको निजगढ इलाका प्रहरी कर्यालयका प्रहरी निरीक्षक धर्मजङ थिङले बताए। उनका अनुसार घाइतेहरुको अवस्था समान्य छ। 
 

प्रकाशित: १० जेष्ठ २०७५ ०२:२७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App