७ वैशाख २०८१ शुक्रबार
समाज

साढे छ लाखले गर्छन् लोकसेवा आयोगको तयारी

पोखरा – संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले कार्यालय समयमा ट्रेड युनियन गतिविधि हुन नहुने बताएका छन्।

कास्की जिल्लास्थित सरकारी कार्यालयका प्रमुखलाई आइतबार सम्बोधन गर्दै उनले काम नगरी समय बिताउने राष्ट्रसेवक हुन नसक्ने र पूर्ण राजनीतिक अधिकारसहितको  ट्रेड युनियन आवश्यक नरहेको स्पष्ट पारे।

मन्त्री पण्डितले केन्द्रीय बजेट आउनुभन्दा अघि सकेसम्म सबै अन्तरिम संगठन संरचना तय गरिसकिने बताउँदै खटाएका ठाउँमा कर्मचारी जानुपर्नेमा जोड दिए। उनका अनुसार सबैभन्दा आकर्षकको पेशा तथा सेवा निजामती सेवा नै हो। वार्षिक झण्डै साढे छ लाखले लोकसेवा आयोगका परीक्षाको तयारी गर्ने गरेका छन्। संघीय निजामती सेवा ऐन बन्दै गरेको बताउँदै उनले आगामी बजेटमा कर्मचारीको भावना सकेसम्म समेट्न प्रयास गरिने आश्वासन दिए। रासस

प्रकाशित: ६ जेष्ठ २०७५ ०८:०१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App