८ वैशाख २०८१ शनिबार
समाज

फोटो पत्रकार पूर्णिमाले चुमिन् सगरमाथा

काठमाडौं- फोटोपत्रकार पूर्णिमा श्रेष्ठले सर्बोच्च शिखर सगरमाथाको सफल आरोहण गरेकी छन्। श्रेष्ठले शनिबार बिहान ८.१० बजे शिखर चुमेकी हुन्। सफल आरोहणसंगै श्रेष्ठ सर्बोच्च शिखरमा पाइला टेक्ने पहिलो नेपाली फोटो पत्रकार बनेकी छिन्।

गोर्खा जिल्लाको आरुघाटमा जन्मिएकी २६ वर्षीय श्रेष्ठले यसअघी २६ सेप्टेम्बर २०१७ मा ८ हजार १ सय ६३ मिटर अग्लो मनास्लु हिमालको पनि सफल आरोहण गरेकी थिइन्।

आरोहण गर्ने क्रममा फोटो पत्रकार श्रेष्ठले पहिलो पटक सर्बोच्च शिखर सगरमाथाको आधार शिविरबाट चुचुरो सम्म   ‘मुस्कुराइरहेका नेपाली महिलाहरू’ नामक एकल फोटो प्रदर्शनी समेत गरेकी छन्।

नेपालको संस्कृति तथा पर्यटन प्रबर्द्धन गर्ने उदेश्यका साथ नेपाल पर्यटन बोर्डको #फोटोनेपाल अभियान अन्तर्गत रहेर  फोटो पत्रकार क्लबको प्राबिधिक सहयोगमा श्रेष्ठले सगरमाथामा उक्त फोटो प्रदर्शनी गरेकी हुन्। उनी विगत पाँच वर्षदेखि फोटोपत्रकरितामा सक्रिय छन्।

 

खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App