coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

काठमाडाैं महानगरकाे खरिद र शिक्षा नियमावली राजपत्रमा सार्वजनिक

काठमाडौँ- काठमाडौँ महानगरका प्रमुख विद्यासुन्दर शाक्यले सार्वजनिक खरिद नियमावली, २०७४ र विद्यालय शिक्षा नियमावली, २०७४ राजपत्रमार्फत सार्वजनिक गरेका छन्।

कामपाले बुधबार आयोजना गरेको कार्यक्रममा सार्वजनिक खरिद ऐन, २०६३ र स्थानीय सरकार सञ्चालन ऐन, २०७४ का प्रावधान र व्यवस्थामा प्रतिकूल नहुने गरी स्थानीय सरकारले प्राप्त गरेको अधिकारको प्रयोग गरेर यी नियमावलीहरु प्रमुख शाक्यले सार्वजनिक गरेका हुन्।

प्रमुख शाक्यले काठमाडौँका नागरिकले अपेक्षा गरेको विकास पद्धति र सहभागितामूलक विकासबाट समृद्धि प्राप्त गर्न नियमावलीहरु आधार हुने विश्वास व्यक्त गरे।स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ११ ९२० ज ले दिएको आधारभूत तथा माध्यमिक शिक्षासम्बन्धी काम, कर्तव्य र अधिकारलाई व्यवस्थापन गर्न नियमावली जारी गरिएको हो।यस नियमावलीमा विद्यालय खोल्न अनुमति लिनेदेखि विद्यालय गाभ्नेसम्म तथा विद्यालयको सम्पत्ति व्यवस्थापन, तह वा कक्ष घटाउने बढाउने र विद्यालयले पालना गर्नुपर्ने शर्त बन्देजहरु समेटिएका छन्।

त्यस्तै शिक्षा समितिको गठन, काम, कर्तव्य र अधिकार, पाठ्यक्रम तथा परीक्षा सञ्चालन समन्वय, छात्रवृत्ति र निःशुल्क शिक्षासम्बन्धी व्यवस्था, शैक्षिक परामर्श सेवा, ब्रिज कोर्ष, भाषा शिक्षण कक्षा, पूर्व तयारी कक्षा तथा कोचिङ कक्षा सञ्चालन गर्न महानगरबाट अनुमति लिनुपर्ने व्यवस्था गरेको छ।आफू मातहतमा सञ्चालन भएका शैक्षिक कार्यक्रमको शैक्षिक प्रमाणपत्रको प्रमाणीकरण गर्ने काम, अतिरिक्त क्रियाकलापहरु, विद्यालयको चिह्न, नामकरण, विद्यार्थीको पोशाक, एक स्थानीय तहबाट अर्को स्थानीय तहमा शिक्षक सरुवा सहमतिजस्ता व्यवस्था नियमावलीमा गरिएको छ।रासस

 

प्रकाशित: ३ जेष्ठ २०७५ ०६:३८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App