७ वैशाख २०८१ शुक्रबार
समाज

सुनकोसी नदीमा अवैध दोहन, जनप्रतिनिधिको आडमा व्यवसायीको दादागिरी

सिन्धुली – सिन्धुलीको सुनकोसी नदीमा पछिल्लो समय अत्याधीक दोहन हुन थालेको छ। क्रसर उद्योग सञ्चालन गर्दै आएका व्यवसायीले उद्योगका लागि बालुवा, ढुंगा जथाभावी उत्खनन गरी नदी दोहन गर्न थालेका हुन्। यहाँको गोलञ्जोर गाउँपालिकाको खुर्कोट नजिकैको सुनकोसी नदी देखि सुनकोसी गाउँपालिकाको विभिन्न स्थानबाट जथाभावी उत्खनन भएको हो।

विगत दुई बर्ष अगाडीसम्म सुन्दर देखिने सुनकोसी नदी हाल व्यवसायीहरूले जथाभावी उत्खनन् गर्दा नदीनै बैराग देखिन थालेको छ। नदीमा जथाभावी ठूला खाल्डा पार्ने तथा नदीको धारनै परिवर्तन हुने गरी जथाभावी उत्खनन् गर्दा नदीको सुन्दरता खुम्चदै गएको छ। सुनकोसी नदीमा सिन्धुली र रामेछापका व्यवसायीहरूले मनपरी ढंगबाट जथाभावी डोजर चलाई उत्खनन् गर्ने गरेका छन्।

स्थानीय तहको निर्वाचन भइ जनप्रतिनिधि आएको एक वर्षमै सुनकोसी तहशनहश भएको स्थानीय बताउछन्। सुनकोसी गाउँपालिकाका स्थानीय मनोज दाहाल सुनकोसीमा अत्याधिक ठूला मेसिन गई उत्खनन भएको बताउछन्।  अनगिन्ती मेसिन सुनकोसीमा पुर्याइएको छ, उनले भने–‘जताततै बैराग लाग्ने गरी उत्खनन् भएको देख्दा दुख लाग्छ। उनले यही रफ्तारमा उत्खनन भइरहेमा आगामी केही वर्षमै सुनकोसीको पानी समेत सुक्न सक्ने जनाए। नदीले धारनै परिवर्तन गर्न थालेको छ, उनले भने–‘गाँउपालिकाले व्यवसायीबाट कर र राजस्व थप्ने तिर लाग्नु भन्दा नदी दोहन हुन बाट जोगाउनु जरुरी देखिन्छ।’

जथाभावी उत्खनन हुन थालेपछि केही स्थानीयले त्यसको विरोध गर्दै आएका छन्। तथापी सम्बन्धित निकायले त्यसलाई धान दिन नसकेको उनीहरूको गुनासो छ। सुनकोसीबाट ढुंगा,गिट्टी बालुवा निकाल्ने बाहनामा चरम दोहन हुन थालेपछि केही स्थानीयले विरोध गरेपनि त्यसको नियन्त्रण नभएको सुनकोसी गाउँपालिकास्थित दुम्जाका कपिल कोइरालाले बताए।

विपी राजमार्गको छेउछाउ भएर बग्ने सुनकोसी नदीमा मापदण्डविपरीत क्रसरले दैनिक व्यापक मात्रामा उत्खनन् गरिरहेका छन्, त्यसलाई नियन्त्रण गरौ भनेर हामीले पटक पटक आवाज उठाएका छौ, तर गाउँपालिका तथा अन्य सम्बन्धित निकायले हालसम्म त्यसको नियन्त्रणमा ध्यान दिएका छैनन्। क्रसर व्यवसायीले नदीको धार नै परिवर्तन हुने गरी उत्खनन् गर्दा नदीको बीच–बीचमा समेत ठूल्ठूला खाल्डा देखिन्छन्। नदी क्षेत्रबाट ढुंगा, गिट्टी बालुवा, उत्खनन् गर्दा वातावरणीय प्रभाव मूल्यांकन गर्नुपर्ने प्रावधान रहेको भएपनि त्यसको कुनै पालना नभएको स्थानीय बताउछन्।

जनप्रतिनिधिको आडमा व्यवसायीको दादागिरी
निर्वाचित जनप्रतिनिधिकै आफन्तहरूले क्रसर उद्योग सञ्चालन गरेकाले व्यवसायीले जनप्रतिनिधिकै आडमा सुनकोसी नदीमा दादागिरी देखाएका छन्। व्यवसायीले ह्युमपाइपबाट सुनकोसी नदीको पानी कटाएर नदीबाटै टिपर समेत आवात जावत गराएको स्थानीय बताउछन्।

पर्यटकले र्याफ्टिङ गर्दै सुनकोसी नदीमा मज्जा लिने गरेपनि हाल क्रसर उद्योगले नदी थुनेर ह्युमपाइपबाट पानी कटाएर अवरोध गरेका छन्। विपी राजमार्ग आसपासको सुनकोसी नदीमा अत्याधिक दोहन गर्नका लागि व्यवसायीले टिपर आवात जावत गराउन नदीको पानी कटाएका छन्। व्यवसायीको जताततै दादागिरी देखिन्छ नियम संगतबाट उठाउनु नयाँ कुरा होइन, तर जनप्रतिनिधिकै मिलेमतोमा नियम तोडेर जथाभावी उत्खनन् भएको देखियो, नेपाली काँग्रेसका नेता दिपक मिश्रले भने–‘गाउँपालिकामा राजस्व बढ्छ, भन्दैमा सुनकोसीको छातीमा ठूला मेसिन चलाई जथाभावी उत्खनन गर्न मिल्दैन।’

सुनकोसी नदीमा सञ्चालित अधिकांश क्रसर उद्योगमा स्थानीय जनप्रतिनिधिको संलग्नता देखिएको स्रोतको भनाई छ। एक वर्ष अगाडीसम्म फाट्ट फुट्ट मात्रै देखिएका क्रसर जनप्रतिनिधि आएको एक वर्षमै जताततै छ, स्रोतले भन्यो, जथाभावी उत्खनन् हुँदा सम्म देखेको नदेखेझै गर्ने जनप्रतिनिधिकै संलग्नता छ।’

सुनकोसी गाउँपालिका अध्यक्ष दिपा बोहोरा सिन्धुलीका व्यवसायी मात्रै नभएर रामेछापका व्यवसायीबाट धेरै उत्खनन भएको बताउछिन्। सुनकोसी गाउँपालिका भित्र पर्ने सुनकोसी नदी वारपार भएको उत्खनन् यहाँका व्यवसायीको मात्रै होइन, उनले भनिन्–‘यताको भन्दा धेरै रामेछापका व्यवसायीबाट भएको हो। उनले आफ्नो क्षेत्र  भित्र पर्ने व्यवसायीलाई गाउँपालिकामा सुचिकृत गराई मापदण्ड अनुसारनै उत्खनन गर्न निर्देशन दिइएको जनाइन्।’

गाउँपालिकामा ६ ओटा क्रसर तथा बालुवा उद्योगले तीन–चार ओटा मात्रै टिपर सुनकोसी नदीमा झिक्न पठाउने सहमती गरेका भएपनि दर्जनौ क्रसरका सयौ टिपर सुनकोसी नदीमा भएको स्थानिय कपिल कोइरालाले बताए।

प्रकाशित: १ जेष्ठ २०७५ ०८:२५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App