५ वैशाख २०८१ बुधबार
समाज

मापदण्ड विपरितका घर टहरा हटाउने तयारीमा नगरपालिका

खोटाङ – खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले सार्वजनिक जग्गा अतिक्रमण गरेर निर्माण गरिएका घर टहरा हटाउने तयारी थालेको छ। नगरपालिकाको मापदण्ड पूरा नगरी नगरभित्रका विभिन्न ठाउँमा निर्माण गरिएका घर तथा टहरा हटाउने तयारी थालेको हो।

नगरलाई सुन्दर र व्यवस्थित बनाउँदै सार्वजनिक सम्पत्तीको रक्षाका लागि मापदण्ड विपरितका घर तथा टहरा हटाउने अभियान सुरु गरिएको नगरपालिकाले जनाएको छ। हलेसी तुवाचुङ नगरपालिकाले यसअघि नै डोजर लगाएर हलेसी आसपासका २५ टहरा हटाएको थियो। नगरभित्रका सार्वजनिक जग्गा अतिक्रमण गरेर घर टहरा निर्माण गर्नेक्रम तीव्ररुपमा बढेकाले त्यसलाई न्यूनीकरणका लागि मापदण्ड विपरितका घर टहरा हटाउने निर्णय गरिएको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका प्रमुख दिपनारायण रिजालले बताए। 

नगरपालिकाले दिक्तेलबजार, मध्यपहाडी लोकमार्ग अन्तरगत दिक्तेल–हलेसी सडक खण्ड अन्तरगत मुढे, हुलुङ, नुनथला लगायतका क्षेत्रमा मापदण्ड विपरित बनाइएका घर तथा टहरा हटाउने तयारी थालेको हो। नगरपालिकाका अनुसार मापदण्ड मिचेर बनाइएका घर टहरा हटाउनका लागि महिना दिनको समय दिएर पत्राचार गरिएको छ। ‘मापदण्ड मिचेर निर्माण गरेका घर तथा टहराको लगत तयार पारेर एक महिनाभित्र त्यस्ता घर तथा टहरा हटाउनका लागि पत्राचार गरिएको छ,’ मेयर रिजालले भने, ‘नगरपालिकाले दिएको समयमा घर तथा टहरा नहटाए डोजर लगाएर हटाइनेछ।’ 

मापदण्ड मिचेर बनाइएको घर टहरा हटाउनका लागि नगरपालिकाभित्र पर्ने मध्यपहाडी लोकमार्गकै दिक्तेल–चखेवाभञ्याङ सडक खण्ड र वुईपा, पन्चरदोवाटो लगायतका ठाउँमा पनि लगत संकलन भइरहेको नगरपालिकाले जनाएको छ। 

प्रकाशित: ३१ वैशाख २०७५ ०५:११ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App