coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

किरात राई पत्रकार संघको अध्यक्षमा भीम

खोटाङ – किरात राई पत्रकार संघ केन्द्रीय समितिको अध्यक्षमा भीम राई निर्वाचित भएका छन्। भक्तपुरको बोडेस्थित कृषि विकास बैंक केन्द्रीय तालिम प्रतिष्ठानको हलमा आइतबार बिहान सम्पन्न चौथो अधिवेशनबाट राई पत्रकार संघको अध्यक्षमा निर्वाचित भएका हुन्।

सहमतीको प्रयास बिफल भएपछि गरिएको निर्वाचनमा प्रतिष्पर्धी प्रकाश राईलाई पछि पार्दै भीम संघको अध्यक्षमा निर्वाचित भएका हुन्। अन्य पदमा सहमती जुटे पनि अध्यक्ष पदमा सहमती नजुट्दा किरात राई पत्रकार संघको अधिवेशनले पहिलोपल्ट निर्वाचन प्रकृयाबाट नेतृत्वको टुंगो लगाएको हो।

अध्यक्षमा विजयी भीमको पक्षमा ५४ मत र प्रतिष्पर्धी प्रकाशको पक्षमा ५ मत खसेको छ। खोटाङबाट पत्रकारिता सुरु गरेका अध्यक्ष भीम हाल काठमाडौंमा बसेर पत्रकारिता गर्दै आएका छन्। 

२१ सदस्यीय किरात राई पत्रकार संघको वरिष्ठ उपाध्यक्षमा गणेश साम्पाङ, खुला उपाध्यक्ष अवतार राई र महिला उपाध्यक्षमा रिता राराहाङ, महासचिवमा भक्त राई, सचिवमा विशाल राई, महिला सचिवमा सरिता राई, कोषाध्यक्षमा गंगा राई र सह–कोषाध्यक्षमा सन्तोष राई निर्वाचित भएका छन्।

रामधन राई, शान्तिराज राई, राजन राई, नुनुता राई, एसपी जेरो, मीना राई, सुमन खालिङ, कृष्णजीत राई, राजकुमार राई, प्रविण राई, अमृत थुलुङ, लीला राई र सरिता राई संघको सदस्यमा चयन भएका छन्। 

प्रकाशित: ३० वैशाख २०७५ ०५:०० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App