१६ चैत्र २०८० शुक्रबार
समाज

दुई ट्रक जुध्दा एकको मृत्यु, तीन घाइते

चितवन – पूर्वपश्चिम लोकमार्गअन्तर्गत राप्ती नगरपालिका–६ पम्फा पुलमा शनिबार बिहान दुई ट्रक जुध्दा एक जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्। 

जिल्ला प्रहरी कार्यालयका अनुसार भरतपुरतर्फ आउँदै गरेको भारतीय पिपि०५एबी ९४९४ नंको डिब्बावाला ट्रक र विपरीत दिशातर्फ जाँदै गरेको ना छ ख ६८३ नंको ट्रक आज बिहान २ः३५ बजे जुध्दा गम्भीर घाइते भएका भारतीय ट्रकका चालक पञ्जाब फेरेजपुर बस्ने ३५ वर्षीय सुकदेव सिंहको बिहान ६ः३१ बजे उपचारका क्रममा मृत्यु भएको हो ।

सोही ट्रक धनी र नेपाली ट्रकका चालक एवं सहचालकको उपचार भइरहेको र ती खतरामुक्त रहेका छन् । 

प्रकाशित: २९ वैशाख २०७५ ०४:०२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App