७ वैशाख २०८१ शुक्रबार
समाज

सडिएको अवस्थामा पुरुषको शव फेला

खोटाङ– खोटाङमा मानसिक सन्तुलन ठीक नभएका पुरुष हप्ता दिनपछि मृत फेला परेका छन्। गत वैशाख २० गतेदेखि बेपत्ता भएका जन्तेढुंगा गाउँपालिका–५ चिसापानी मालबासेका ६० वर्षीय दिर्घे सुनार मृत फेला परेका हुन्। 

घरदेखि हिँडेका सुनारको सडिसकेको शव चिसापानी खाल्लेस्थित देबिस्थान जंगलमा फेला परेको जिल्ला प्रहरी कार्यालय खोटाङका डिएसपी लोकदर्शन थापाले बताए। 

सडिसकेको शव फेला परेको खबर आएपछि कानूनी प्रक्रिया तथा घट्नास्थल लास जाँच मुचुल्का तयार पारिएको प्रहरीले जनाएको छ । शव गोरेटो बाटोभन्दा करिब ५० मिटर तल भीरमा भेटिएको स्थानीयले बताएका छन्। 

प्रकाशित: २८ वैशाख २०७५ १५:५६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App