१६ चैत्र २०८० शुक्रबार
समाज

जनपदतर्फ २२ जना एसपीलाई एसएसपीमा बढुवा सिफारिस

काठमाडौं – बढुवा समितिको सोमबार बसेको बैठकले जनपद प्रहरीतर्फका २२ जना एसपीलाई एसएसपीमा बढुवा गर्न सिफारिस गरेको छ।

प्रहरी नियमावली २०७१ को नियम २७ को उपनियम (४)को प्रावधानअनुसार जनपद प्रहरीतर्फ बढुवा सिफारिस भएको जारी विज्ञप्तीमा उल्लेख छ।

बढुवाको सिफारिस सूचीमा राजेन्द्र ढकाल पहिलो नम्बरमा छन्। सहकुल बहादुर थापा, अरुणकुमार बीसी, बिभुतिराज पाण्डे, प्रकाश अधिकारी, सुशील कुमार  यादव, पुजा सिंह लगायत बढुवाको सिफारिसमा परेका छन्।

बढुवा समितिले सोमाबार मात्र १६ एसएसपीको  डिआइजीमा बढुवा गरेको थियो।

खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App