१५ चैत्र २०८० बिहीबार
समाज

ट्र्याक्टर पल्टिँदा बालकको मृत्यु, १९ जना घाइते

राजविराज –पूर्व–पश्चिम राजमार्गअन्तर्गत सप्तरीको भारदहमा सोमबार साँझ ट्र्याक्टर पल्टिँदा एकजना बालकको मृत्यु भएको छ भने अन्य १९ जना व्यक्ति घाइते भएका छन्। 

मृत्यु हुनेमा सुनसरी जिल्ला इनरुवा नगरपालिका–३ निवासी ८ वर्षीय बालक अभिनाष शर्मा रहेको इलाका प्रहरी कार्यालय, भारदहले जनाएको छ। 

सोही दुर्घटनामा परी करीब १९ जना व्यक्तिसमेत घाइते भएका छन्। दुर्घटनाबाट गम्भीर घाइते भएकाको विराटनगरस्थित न्यूरो अस्पताल र सामान्य घाइतेको भारदहस्थित शिव उपचार क्लिनिकमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ। 

सप्तरीको छिन्नमस्ता सखडा मन्दिर दर्शन गरी सुनसरीको इनरुवा जाँदै गरेका यात्रु चढेको को १ त ९७७१ नम्बरको ट्र्याक्टर हनुमाननगर कंकालनी नगरपालिका–१ भारदहस्थित राजमार्गमा आफैँ अनियन्त्रित हुँदा पल्टेको थियो। 

यता दुर्घटनामा परेको ट्र्याक्टरलाई प्रहरीले नियन्त्रणमा लिएको जिप्रकाले जनाएको छ।  (रासस)

 

प्रकाशित: २५ वैशाख २०७५ ०५:२० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App