१६ चैत्र २०८० शुक्रबार
समाज

अवैधरुपमा काम गर्ने उत्तर कोरियाका ११ जना पक्राउ

काठमाडौं- अवैधरुपमा नेपालमा काम गर्दे आएका ११ जना उत्तर कोरियाका नागरिकहरु पक्राउ परेका छन्। दरवारमार्गमा रेष्टुरेण्ट चलाएर बस्दै आएका उनीहरुलाई महानगरीय प्रहरी अपराध महाशाखाले पक्राउ गरेको हो।

महाशाखा प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) धिरज प्रताप सिंहका अनुसार उनीहरु गृहको कार्यादेश बेगर नेपलामा विगत चार वर्षदेखि रेष्टुरेण्ट चलाउँदै आएकाले पक्राउ गरिएको हो। उनीहरुलाई आइतबार अध्यागमन कार्यालय बुझाइने प्रहरीले जनाएको छ।

पक्राउ पर्नेमा १० जना महिला र १ जना पुरुष छन्। पर्यटक भीषामा नेपाल आएका उनीहरु विगत ४ वर्षदेखि दरवारमार्गमा कोरियन रेष्टुरेण्ट सञ्चालन गर्दे आएका थिए।

‘नेपालमा काम गर्ने कुनै कार्यादेश नभएको तथा श्रम स्वीकृति नभएको कारण उनीहरुलाई पक्राउ गरी अध्यागमन कार्यालयमा बुझाउन लागिएको हो’, एसएसपी सिंहले भने। उनका अनुसार रेष्टुरेण्ट सञ्चालनको अतिरिक्त लागु औषधको कारोवार, संगठित अपराधजस्ता विषयमा पनि उनीहरुको संलग्नता रहेको प्रहरीले आाशंका गरेको छ।

प्रकाशित: २२ वैशाख २०७५ १२:२३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App