७ वैशाख २०८१ शुक्रबार
समाज

३३ किलो सुन प्रकरणमा थप एक जना पक्राउ, पाँचकाे बयान सकियाे

विराटनगर– साढे ३३ किलो सुन प्रकरणमा पक्राउ परेका ५ जनाको बयान सकिएको छ । बिहीबारदेखि जिल्ला अदालत मोरङले ६ जनाको बयान सुरू गरेकोमा शुक्रबारसम्म पाँच जनाको बयान सकिएको जिल्ला अदालत मोरङले जनाएको छ । 
घटनामा प्रत्यक्ष संलग्न भएको अभियोग लागेका टेकराजमल्ल ठकुरी, मोहन काफ्ले, मदनप्रसार घिमिरे,नरेन्द्र कार्की, लाक्पा शेर्पा र राजन कुमारस“ग बिहीबारदेखि बयान लिन थालिएको थियो । 

शुक्रबारसम्म ५ जनाको बयान सकिएको जिल्ला अदालत मोरङका स्रेस्तेदार नवराज दुलालले जानकारी दिए । उनका अनुसार टेकराज मल्ल ठकुरीबाहेक अन्यको बयान लिने काम सकिएको छ । 

बिहीबार ६ जनास“ग लिन थालिएको बयान नसकिएका कारण शुक्रबार पनि बयान लिनेक्रम जारी राखिएको थियो । सुनतस्करीका नाइके मानिएका चुडामणि उप्रेति ( गोरेका) चालक टेकराज मल्ल ठकुरीस“ग शुक्रबार पनि बयान लिनेक्रम सकिएको छैन । 
सुन तस्करी र शनम शाक्य हत्याको घटनाबारे सबैभन्दा बढी जानकार रहेका कारण ठकुरीस“ग लिन थालिएको बयान लम्बिएको छ । बिहीबार ६ जनास“ग लिन थालिएको बयान शुक्रबार सकेर थप छ जनाको बयान लिने जिल्ला अदालतको योजना थियो । 

योजनाअनुसार पहिलो दिन सुरू गरिएको बयान लिने काम नसकिएकाले शुक्रबार थप ६ जनाको बयान लिने काम सुरू हुन सकेन । आइतबार पनि ठकुरीस“गको बयान जारी रहने दुलालले जानकारी दिए । उनका अनुसार आइतबारदेखि थप छ जनाको बयान लिने काम सुरू गर्ने अदालतको योजना छ । आइतबारदेखि थप ६ जनाको बयान लिइने भए पनि नाम भने टुंगो नलागेको दुलालले बताए । उनले भने, ‘आइतबार बयान थालिनेहरूको नाम सोहीदिन बिहान टुंगो लाग्नेछ ।’

बयान सुरू गर्दा जिल्ला अदालतले वैशाख २५ गतेसम्म पक्राउ परेका २९ जानस“ग बयान लिइसक्ने लक्ष्य राखेको थियो । बयान लम्बिएपछि कहिलेसम्म सकिने भन्ने अनुमान गर्न सकिएको छैन । विषयबस्तु, परिवेश आदिकाबारेमा विस्तृत जानकारी लिनु परेका कारण पनि पहिलो चरणको बयान लम्बिएको दुलालले जानकारी दिए । बिहीबारदेखि बयान लिन थालिएका ६ जना  घटनामा प्रत्यक्ष संलग्न व्यक्तिहरू भएको प्रहरीले जनाएको छ । 

प्रहरीका अनुसार टेकराज मल्ल ठकुरी सुन तस्करीका नाइके मानिएका  चुडामणि उप्रेति (गोरे)का निजी चालक हुन् । यस्तै लाक्पा शेर्पा गोरेलाई भगाउन सीमावर्ती भारतको जोगवनी पु¥याउने व्यक्ति हुन् । मोहन काफ्ले, मदनप्रसाद घिमिरे सनम शाक्यलाई यातना दिने र करेन्ट लगाउने व्यक्तिहरू हुन् । राजन कुमार र नरेन्द्र कार्की पनि घटनामा प्रत्यक्ष जोडिएका व्यक्तिहरू भएको मोरङ प्रहरीले जनाएको छ ।

बिहीबार बयान लिएकाहरूलाई अपहरण, हत्या, संगठित अपराध, सुन चोरी पैठारी र चोरी निकासीलगायतका मुद्दा लगाइएको छ । सुन तस्करी प्रकरणको मुद्दा न्यायाधीश नारायणप्रसाद शर्माले हेरिरहेका छन् । 
सुन तस्करी तथा सनम शाक्य हत्या प्रकरणमा जोडिएका उच्च प्रहरी अधिकारीसहित  पक्राउ परेका २९ सहित ६३ जनाविरुद्ध जिल्ला अदालत मोरङमा बुधबार मुद्दा दर्ता भएको थियो । 

पक्राउ परेकाहरू भुजुङ गुरुङ, राजेन्द्रकुमार शाक्य, महावीरप्रसाद गोल्यान अग्रवाल,  लालबहादुर मगर र वीरेन्द्रमान श्रेष्ठ छन् । यस्तै दोराम खत्री, कपिलराज पुरी, गोपालकुमार श्रेष्ठ, पुन्यप्रसाद लामा, हेमन्त गौतम, राजु महर्जन, राजन थापा, अमरमान डंगोल, तुलाराम थारु छन् । 
पूर्व र बहालवाल प्रहरी अधिकारीहरू, पूर्व डिआइजी गोविन्दप्रसाद निरौला, सई बालकृष्ण सन्जेल जवान विष्णुबहादुर खड्का, एस्पी विकासराज खनाल, एसएसपी दिवेश लोहनी र डिएस्पीद्वय  प्रजित केसी र  संजय राउतलगायत २४ जनास“ग  बयान लिन बाँकी छ  । 

थप एक पक्राउ 
यसैबीच सुन तस्करी प्रकरणस“ग जोडिए पछि फरार भएका एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरी हवल्दार अमरबहादुर थापा जिल्ला प्रहरी कार्यालय मोरङको सम्पर्कमा आएको मोरङका प्रहरी प्रमुख अरुणकुमार विसीले जानकारी दिए । 
शुक्रबार प्रहरी हेडक्वाटरले मोरङ पठाएका हवल्दार मगरलाई नियन्त्रणमा लिइएको छ । मगरलाई आइतबार जिल्ला अदालत मोरङमा पठाइने उनले जानकारी दिए । 

सुन तस्करी र सनम शाक्य हत्या  प्रकरणमा मुछिएका प्रहरी बरिष्ठ उपरीक्षक श्यामबहादुर खत्री, सुन तस्करका नाइके चुणामणी उप्रेती ‘गोरे’ सहित ३३ जना  अझै फरार  छन् । जसमा सुनिल श्रेष्ठ, रक्षा भण्डारी, अर्जुनप्रसाद खरेल, गुप्तलाल भुषाल, रामहरि कार्की, प्रयास पराजुली,सञ्जय अधिकारी र समिर अधिकारी फरार छन् । 

त्यस्तै गीता श्रेष्ठ, चुणामणी उप्रेती गोरेकी श्रीमती नर्बदा खरेल उप्रेती, माधव आचार्य, ओमप्रकाश नेवार, सुनिलकुमार अग्रवाल, कृष्णगोपाल अग्रवाल, रमेश उप्रेती, चेतनाथ भण्डारी, प्रमोदकुमार श्रेष्ठ, वेनु श्रेष्ठ, हरिसरण खडका, कमल कार्की, मणिराज चौलागाई, शिवकुमार गुभाजु, सुरेन्द्र गौतम, मोहमद उस्तम मिया, टुकबहादुर मगर, भबिन तामाङ, मोहनकुमार अग्रवाल, छिरिङ वाङगेल घले  फरार छन् । 

प्रकाशित: २१ वैशाख २०७५ १३:५४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App