१६ चैत्र २०८० शुक्रबार
समाज

धौलागिरी यातायात समितिका महासचिव कुश्माबाट पक्राउ

पर्वत – प्रहरीले सिन्डिकेटको पक्षमा लागेर बस बन्द गराउने यातायात व्यवसायीलाई पक्राउ गर्न थालेको छ । धौलागिरी यातयात बस व्यवसायी सञ्चालक समितिका महासचिब ख्याम लामिछानेलाई प्रहरीले कुश्माबजारबाट पक्राउ गरेको हो। 

कुश्मा नगरपालिका वडा नम्बर १२ ठूलीपोखरी घर भएका लामिछानेलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रमुख दिलिप घिमिरेले जानकारी दिए । गृह मन्त्रालयले निर्देशन दिएअनुसार सिन्डिकेट लाद्ने यातायात व्यवसायी समितिका नेतालाई पक्राउ गर्न सुरु गरिएको प्रहरीले जनाएको छ । 

धौलागिरी अञ्चल बस व्यवसायी समिति पर्वत, बागलुङ, म्याग्दी, मुस्ताङकै सबैभन्दा ठूलो बस समिति हो। यो समिति मातहत चार सय बढी सवारी रहेका छन् । समिति मातहतमा रहेका कुनैपनि सवारी चलेका छैनन् । उता कम्पनी र प्राइभेट सवारी भने निर्वाध सञ्चालनमा रहेका छन् । 

त्यस्तै गरी शुक्रबार पर्वतमा ट्याक्सी व्यवसायीले समेत ट्याक्सी बन्द गरेर विरोध गरेका छन् । दैनिक कुश्मा–पोखरा हुने ट्याक्सी घरमै थन्क्याएर विरोध गरेका छन्। 

प्रकाशित: २१ वैशाख २०७५ १०:२५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App