७ वैशाख २०८१ शुक्रबार
समाज

मोटरसाइकल दुर्घटना हुँदा झापामा एककाे मृत्यु

झापा- मेची राजमार्गअन्तर्गत झापाको बुद्धशान्ति गाउँपालिका–४ वर्ने सडकखण्डमा आज भएको मोटरसाइकल दुर्घटनामा परी एक व्यक्तिको मृत्यु भएको छ। 

जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रहरी निरीक्षक राजेश राईका अनुसार सोही गाउँपालिका-४ निवासी २५ वर्षीय अमृत मगर रहेका छन्। बुधबारेबाट घर जाने क्रममा उनी चडेको मे८प ५५६१ नंको मोटरसाइकल अनियन्त्रित भई नालीमा खस्दा गम्भीर घाइते भएका थिए। 

घाइते मगरलाई बिर्तामोडस्थित बिएण्डसी अस्पतालमा उपचारका लागि ल्याइए पनि उनको उपचारकै क्रममा दिउँसो मृत्यु भएको प्रहरीले जनाएको छ। 

प्रकाशित: २१ वैशाख २०७५ ०९:४१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App