coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु

लहान – आफ्नै श्रीमानको कुटाइबाट गएराति सिरहाको गोलबजार नगरपालिकामा एक महिलाको मृत्यु भएको छ। 

गोलबजार नगरपालिका–७ चोहर्वा निवासी ३५ वर्षीय कृष्ण शर्माको कुटाइबाट उनकी २३ वर्षीया श्रीमती प्रभादेवी शर्माको मृत्यु भएको माइती पक्षले आरोप लगाएका छन्। 

मरणासन्न हुने गरी गएराति कुटपिट गर्दा बेहोस भएकी प्रभालाई उपचारका लागि कर्जन्हास्थित फूलकुमारी मेमोरियल अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको प्रभादेवीका दाजु रामसागर शर्माले जानकारी दिए। 

यसअघि पनि आफ्नो बहिनीलाई पटकपटक कुटपिट गर्ने गरेको रामसागरले बताए। प्रभाको शव परीक्षणका लागि सिरहा जिल्ला अस्पतालमा राखिएको इलाका प्रहरी कार्यालय गोलबजारले जनाएको छ। 

मृतकको नाकबाट हल्का रगत आएकाले कुटपिटको आशंका गरिए पनि परीक्षणपछि मात्र केही भन्न सकिने प्रहरीले जनाएको छ। प्रहरीले कुटपिट गरेको आरोपमा मृतकका श्रीमान् कृष्णलाई अनुसन्धानका लागि नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ। 

प्रकाशित: १९ वैशाख २०७५ ०४:३५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App