८ वैशाख २०८१ शनिबार
समाज

सडक दुर्घटनामा दुईको मृत्यु, दुई घाइते

विराटनगर - मोरङमा सोमवार साँझ दुईवटा गाडी एकअापसमा ठक्कर खाँदा दुई जनाको मृत्यु भएको छ भने दुईजना घाइते भएका छन्।

ग्रामथान गाउँपालिका–५ स्थित विराटचोकमा बा १६ च ९३५८ नम्बरको कार  १ च ७५०६ नम्बरको महेन्द्र पिकअप एकापसमा ठक्कर खाँदा कारमा सवार झापाका ५० वर्षीय जयसिंह राजवंशी र मोरङको जहदा बस्ने ३६ वर्षीय विनोद साह सुनारको उपचारको क्रममा मृत्यु भएको हो।

उनीहरुको विराटनगरस्थित नोबेल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको १ नं प्रहरी प्रदेश कार्यालय विराटनगरले जनाएको छ।सोही घटनामा कटहरि बस्ने २८ वर्षीय जीतेन्द्र साह र कार चालक मोरङको कर्सिया बस्ने २४ वर्षीय दिनेश राजवंशी गम्भीर घाइते भएका छन्। उनीहरुको सोही अस्पतालमा उपचार भइरहेको छ।रासस

 

प्रकाशित: १८ वैशाख २०७५ ०४:११ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App