coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

अखिल नेपाल युवक संघको सातौँ राष्ट्रिय सम्मेलन पोखरामा हुने

पोखरा- अखिल नेपाल युवक संघको सातौँ राष्ट्रिय सम्मेलन यही वैशाख २८ देखि ३० गतेसम्म पोखरामा हुने भएको छ।

सम्मेलनका सम्बन्धमा जानकारी दिन आज यहाँ आयोजित पत्रकार सम्मेलनमा संघका केन्द्रीय अध्यक्ष तीलक थापाले ‘राष्ट्रिय स्वाधीनताका लागि आमूल परिवर्तन, युवा अधिकार र जनतन्त्रको पक्षमा सातौँ राष्ट्रिय सम्मेलन’ भन्ने मूल नाराका साथ हुन लागेको राष्ट्रिय सम्मेलनको उदघाटन राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले गर्नेछन् ।

सम्मेलनमा नेपाली जनताको संघर्षबाट गणतन्त्र प्राप्त भएर पनि जनताका आधारभूत आवश्यकता पूरा हुन नसकेको, सामन्ती प्रवृत्तिले जरा गाड्नुका साथै वैदेशिक हस्तक्षेप बढिरहेको लगायतका विषयमा गम्भीर छलफल हुने जानकारी दिँदै उनले युवा जनशक्तिको स्वदेशमा नै परिचालनजस्ता विषय सम्मेलनमा विशेष प्रस्तावका रुपमा पारित गरिने जानकारी दिए।

अखिल नेपाल युवक संघका केन्द्रीय सदस्य एवं कास्की जिल्ला अध्यक्ष विक्रम थापाले सम्मेलनको तयारी तीव्र रुपमा बढिरहेको जानकारी दिँदै सम्मेलनमा देशभरबाट ६०० जनासम्म प्रतिनिधि आउने बताए।रासस

प्रकाशित: १७ वैशाख २०७५ ०६:२५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App