coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

बलात्कार आरोपमा बाबु पक्राउ

कोहलपुर – आफ्नै छोरी बलात्कार गरेको आरोपमा कोहलपुरमा एक बाबु पक्राउ परेका छन्। जंगलमा सेटा (घरमा बार लगाउनका लागि प्रयोग गरिने) काट्न गएका बेला १४ वर्षीया बालिकालाई जबर्जस्ती करणी गरेको कोहलपुर प्रहरीले जनाएको छ।

वैशाख २ गतेको घटना भए पनि ढिलो गरी सार्वजनिक भएको हो। धेरै केरकार गरेपछि छोरीले आमालाई घटनाबारे बताएकी थिइन्।

आमाले प्रहरीमा जानकारी गराएपछि बाबुलाई पक्राउ गरिएको छ। बालिकाको मेडिकल जाँच गरिएको इलाका प्रहरी कार्यालय कोहलपुरका प्रहरी निरीक्षक नवराज पोख्रेलले जानकारी दिए। पक्राउ परेका बाबुलाई जबर्जस्ती करणी र हाडनाता करणी मुद्दा दर्ता गरी अनुसन्धान भइरहेको उनले बताए। प्रहरीको प्रारम्भिक अनुसन्धानअनुसार यसअघि भारतमा हुँदा पनि आरोपीले छोरीलाई बलात्कार गरेका थिए।

यसैबीच जबर्जस्ती करणीका फरार अभियुक्त झण्डै चार वर्षपछि पक्राउ  परेका छन्। २०७१ असार ५ गते बैजनाथ–३, गाभरकी १४ वर्षीया बालिकालाई जबर्जस्ती करणी गरेर फरार रहेका सोही ठाउँका विजय परियार र पुरन बिकलाई प्रहरीले पक्राउ गरेको हो। उनीहरुलाई अदालतमा पेश गरिने कोहलपुर प्रहरीले जनाएको छ।

प्रकाशित: १६ वैशाख २०७५ ०५:१८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App