७ वैशाख २०८१ शुक्रबार
समाज

भूकम्पले विस्थापित विद्यालय भवन बन्यो

रसुवा – भूकम्पका कारण विस्थापित रसुवाको स्याफ्रुस्थित कोमिन स्यामेवाङफेल माध्यमिक विद्यालयको नयाँ भवन निर्माण भएको छ।

भूकम्पका कारण पहिरो झरेपछि स्याफ्रुबेसीबाट विस्थापित भएको उक्त विद्यालयको भवन कोमिनमा बनाइएको हो।

शाही नर्वेजियन राजदूतावसको आर्थिक सहयोगमा जर्मन संघीय आर्थिक सहयोग तथा विकास मन्त्रालयका तर्फबाट जिआइजेडमार्फत् शान्ति आरोग्य जेभी ललितपुरले विद्यालय भवन निर्माण गरेको हो।

तीन करोड ६८ लाख ६ सय ७० रूपैयाँको लागतमा १२ कोठाका तीनवटा भवन निर्माण भएका छन्।

उक्त विद्यालयमाजिल्लाका पाँचवटै स्थानीय तहका चार सयभन्दा बढी विद्यार्थी पढ्छन्। विद्यालय भवन बनेपछि विद्यार्थी खुसी भएका छन् । उक्त विद्यालयको नाम तिब्बती भाषाबाट राखिएको हो। स्यामे भन्नाले स्याफ्रुबेशी, वाङ भन्नाले आयु र फेल भन्नाले बढोस् वा फैलियोस् भन्ने अर्थ लाग्छ।

जिल्लामा भूकम्पले क्षति गरेका ८९ वटा सामुदायिक विद्यालयमध्ये २३ वटा विद्यालयका नवनिर्मित भवन हस्तन्तरण भइसकेका छन्। ४६ वटा विद्यालयका भवन निर्माणाधीन छन् भने ३० वटा विद्यालयका भवन जग्गा अभावका कारण निर्माण हुन सकेका छैनन्।

प्रकाशित: १६ वैशाख २०७५ ०१:०३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App