७ वैशाख २०८१ शुक्रबार
समाज

क्षेत्रीय सहयोग अभिवृद्धि र अनुसन्धानमा युआइबीएनको जोड

काठमाडौ – अप्पर इन्दुज बेसिन नेटवर्क (युआइबीएन)ले  काठमाडौंमा आयोजना गरेको   कार्यशालाले वैज्ञानिक आधारमा क्षेत्रीय सहयोग अभिवृद्धिमा जोड दिएको छ। नेटवर्क भित्रका अफगानिस्तान, चीन, भारत र पाकिस्तानका सरकारी तथा नीजि संगठनका शोधकर्ता तथा अन्तरािष्ट्रय वैज्ञानिक र शोधकर्ताको सहभागीतामा आयोजना भएको कार्यशालाले यस्तो जोड दिएको हो।

वैशाख ११ र १२ गते नेपालस्थित इसिमोडको कार्यालमा दुई दिनसम्म आयोजना गरिएको कार्यशालामा इन्दुज बेसिनको पानी वितरण हुने चार तटिए मुलुकमा अनुसन्धान र ज्ञान उत्पादनमा जोड दिइएको छ।

कार्यशालामा नेटवर्कका ६ प्राविधिक समुह र वैज्ञानिकहरुले बेसिनका बारेमा क्षेत्रीय छलफल, अनुसन्धान तथा  ज्ञान उत्पादनका विषयमा जोड दिएका थिए। त्यस्तै कार्यशालामा नेटवर्कका सिद्धान्तलाई सिमा नदिका क्षेत्रमा जिम्मेवार हुने गरी पुनरावलोकन गरिएको छ।  नेटवर्कको उद्देश्य, लक्ष्य र प्रशासन ढाचामा समेत परिवर्तन भएको छ।

कार्यशालमा नेपालका लागि अष्ट्रेलियाका राजदुत पिटर बडले अष्ट्रेलियाले यूआइबीएनसँग मिलेर तटिए मुलुकमा काम गरिरहेको बताए। उनले दिर्घकालिन रुपमा बेसिनको व्यवस्थापनका लागि वैज्ञानिक कार्यक्रम तथा ज्ञान आर्जनका क्षेत्रमा सहयोग र सहकार्यको आवश्यकता रहेकोमा जोड दिए।

नेटवर्कका प्रमुख खलिद मोहत्तादुल्लाहले समुदायलाई दिएको आवाज नेटवर्कको सवैभन्दा ठूलो योगदान भएको बताए। कार्यशालामा सहभागीहरुले विज्ञ तथा शोधकर्ता सहभागी यस्तो मञ्चले इन्दुज बेसीनमा भइरहेको जलवायु परिवर्तन र त्यसको असरका बारेमा पनि अनुभव साटनुपर्नेमा जोड दिएका थिए।

प्रकाशित: १६ वैशाख २०७५ ००:४३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App