८ वैशाख २०८१ शनिबार
समाज

आगलागीबाट १ को मृत्यु

गुल्मी – गुल्मीको धुर्कोट गाउँपालिकामा आगलागीमा परि १ जनाको ज्यान गएको छ। गाउँपालिका ३ सोभरमोभरका तारा बहादुर पुनको घरगोठमा आगलागी हँदा ६० वर्षीय कृष्ण बहादुर पुनको ज्यान गएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ।

प्रहरी कार्यालय गुल्मीका प्रहरी निरीक्षक डाक्टर प्रसाद चौधरीका अनुसार गएराती १२ बजेतिर पुनको घरगोठमा आगलागी भएको हो। पुन सहित घरगोठका साथै गोठमा रहेका पशुचौपायहरू समेत सबै आगोले जलेर नष्ट भएका छन्।

राती अबेर आगलागी भएकाले ठूलो क्षती भएको प्रहरीले जनाएको छ। स्थानीयबासीहरूको सहयोगमा आगलागी धेरै समयपछि नियन्त्रणमा आएको बताइएको छ। 

प्रकाशित: १२ वैशाख २०७५ ०६:११ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App