७ वैशाख २०८१ शुक्रबार
समाज

तनहुँमा ग्यास बुलेट दुर्घटना, २ घाइते

दुर्घटनाग्रस्त ग्यास बुलेट।

तनहुँ – तनहुँको व्यास नगरपालिका १२ मालेपहरामा बुधबार बिहान इण्डियन ग्यास बुलेट दुर्घटना भएको छ।

डुम्रेबाट पौखरातर्फ जादै गरेको  एम एल ओ वान एए ओ वान जेरो वान नम्बरको इण्डियन ग्यास बुलेट बिहान आफैं अनियन्त्रित भएर राजमार्ग बाट सय मिटर तल खसेको  प्रहरीले जनाएको छ।

ग्यास बुलेट चालक २२ वर्षीय छोरुलाल रुमाल र सहचालक नितेश कुमार घाईते भएका छन्। उनीहरूको दमौली स्थित रत्नहरी अस्पतालमा उपचार भइरहेको प्रहरी नायब उपरिक्षक सुनिल मल्लले जानकारी दिए।

ग्यास बुलेटमा भएको ग्यास लिक हुँदै गएको र उक्त स्थानमा स्थानीयहरूलाई सावधानी अपनाउन प्रहरीले आग्रह गरेको प्रहरी नायव उपरिक्षक मल्लले बताए। ग्यास लिक भएका कारण दुर्घटनास्थल वरपरको क्षेत्र दुर्घन्धित बनेको छ।

प्रकाशित: १२ वैशाख २०७५ ०५:५० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App