८ वैशाख २०८१ शनिबार
समाज

यार्सागुम्बाको अवैध संकलन गर्न पुगेका सात जना पक्राउ

डोल्पा – हिमाली जिल्ला डोल्पामा बहुमूल्य जडीबुटी यार्सागुम्बाको अवैध रुपमा संकलन गर्न पाटन पुगेका सातजनापक्राउ परेकाछन्।

उनीहरुलाई शे–फोक्सुन्डो राष्ट्रिय निकुञ्ज सुरक्षा पोष्ट तोईजुम र निकुञ्जका कर्मचारी सहितको संयुक्त टोलीले निकुञ्जको मुख्य क्षेत्रमा पर्ने कागमारा हिमालबाट राती १२ बजे पक्राउगरेको हो।

पक्राउ पर्नेमा पाँच जना महिला र दुई जनापुरुष रहेको शे–फोक्सुन्डो राष्ट्रिय निकुञ्ज डोल्पाले जनाएको छ। पक्राउ पर्नेमा जगदुल्ला गाँउपालिका वडा नं.– ४ छाँचुका ३० वर्र्षीया युवराज बुढा, मुड्केचुला गाँउपालिका–८ ओक्टका १६ वर्र्षीया ओम बहादुर रोकाय, जुम्ला जिल्ला गोठिचौर गाँउपालिका वडा नं. – १ बस्ने ४६ वर्र्षीया सुर्य बस्नेत, सोही ठाउँका २४ वर्षीया चन्द्रलोक सिँह बस्नेत, २४ वर्षीया युवराज बस्नेत, १८ वर्षीया संगिता बस्नेत र १८ वर्षीया पबित्रा बस्नेत रहेको निकुञ्जका संरक्षण अधिकृत रामदेब चौधरीले जानकारी दिए।

उनहरू रु अवैधरुपमा बहुमूल्य जडिबुटी यार्सागुम्बाको अवैध संकलन गर्न गए पनि उनीहरूले यार्सागुम्बा टिप्न नपाएको प्रहरीले जनाएको छ ।

पक्राउ परेका दुईजना महिलाको स्वास्थ्य अवस्था कमजोर रहेकाले निकुञ्जले दोषी ठहर गरेर बोलाएको खण्डमा उपस्थित हुने गरी प्रतिव्यक्ति १० हजार धरौटीमा छोडेको चौधरीले बताए।

प्रकाशित: ११ वैशाख २०७५ १५:२५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App