coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

दशौं वार्षिकोत्सवमा विशेष कार्यक्रम, साँझ नागरिक नायक घोषणा

काठमाडौं- नेपाल रिपब्लिक मिडियाले आफ्नो स्थापनाको १० औं वर्ष प्रवेशको अवसरमा विशेष कार्यक्रम गरेको छ। कार्यक्रममा बोल्दै मिडियाका प्रवन्ध निर्देशक विनोदराज ज्ञवालीले सामूहिक प्रयासमा मात्र सञ्चारकर्म सफलतामा पुग्ने बताए। सबै सँगै मिलेर काम गर्दा प्रतिफल निकाल्न सकिने उनको भनाई थियो। 'यो सामूहिक कार्य हो', उनले भने, 'एक्लै मात्र केही गर्न सकिँदैन।' सिक्ने र सिकाउने प्रक्रिया चलिरहने बताउँदै ज्ञवालीले ज्ञान र सिप हस्तान्तरण गर्दै जानुपर्नेमा जोड दिए।

निर्देशक शोभा ज्ञवालीले दुई अनलाइनबाट सुरु गरिएको यात्रालाई यो स्थानसम्म ल्याउन पाउँदा खुशी लागेको बताइन्। मिडिया नाफाको व्यापार र सहज बाटो नभएको बताउँदै उनले यो जनताप्रतिको जिम्मेवारी पनि भएको बताइन्। मिडियाले सँधै सबैलाई समान सूचना दिने हुँदा मिडियाको सबैलाई समान नजर हुने उनको भनाई थियो।

नागरिक दैनिकका सम्पादक गुणराज लुईटेलले मिडियाले खोज्नुपर्ने अज थुप्रै विषय भएको बताउँदै उनले मिडियाकर्मी सँधै जिम्मेवार हुनुपर्ने बताए। पत्रकारिताका प्लेटफार्म बढेको बताउँदै उनले प्रस्तुतिका शैलीहरु पनि फेरिएको बताए।  पत्रकारितामा रेस्पोन्स ठूलो कुरा भएको उनको भनाई थियो।

रिपब्लिका अंग्रेजी दैनिकका सम्पादक सुभास घिमिरेले मिडियाको सबैभन्दा ठूलो सम्पत्ति भनेको विश्वास भएको बताए। 'विश्वास पाउन गाह्रो छ', उनले भने, 'तर विश्वास गुमाउन सजिलो र छिटो छ।' जनताले धेरै विश्वास गर्ने संस्था मिडिया भएको बताउँदै उनले तथ्यपरक र खोजमुलक समाचारको विकल्प अरु हुन नसक्ने उनको भनाई थियो।

मिडियाका कर्पोरेट एडभाइजर सोहन श्रेष्ठले रिपब्लिक मिडिया स्थापनादेखि १० वर्षसम्म आइपुग्दाका विभिन्न आरोह अवरोहबारे समिक्षात्मक विवरण राखेका थिए।

पत्रकार तथा कर्मचारी सम्मानित

१० औं वर्ष प्रवेशको अवसरमा नेपाल रिपब्लिक मिडियामा कार्यरत उत्कृष्ट कर्मचारी तथा पत्रकार सम्मानित भएका छन्। नागरिक दैनिकमा कार्यरत पत्रकार दिलिप पौडेल, मिडियाका इलेक्ट्रिसियन माधव चापागाई, सर्कुलेशनमा कार्यरत रमेश खड्का, परिवार/ शुक्रबारका डिजाइनर सुनिल खड्की र नेपालगञ्ज ब्यूरोमा कार्यरत प्रेस अपरेटर श्रीपाल प्रजापती सम्मानित भए। उनीहरुलाई प्रवन्ध निर्देशक विनोदराज ज्ञवाली र निर्देशक शोभा ज्ञवालीले सम्मान गरे। कार्यक्रममा संस्थाको नयाँ लोगो पनि सार्वजनिक गरिएको थियो । संस्थाले आज साँझ नागरिक नायकको घोषणाका लागि अर्को विशेष समारोह गर्दैछ ।  

खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App