५ आश्विन २०७७ सोमबार
समाज

यौन व्यवसायमा संलग्न ३४ पक्राउ

काठमाडौं । महानगरीय प्रहरी प्रभाग गोंगबुले यौन व्यवसायमा संलग्न ३४ जनालाई पक्राउ गरेको छ।

प्रभागले शनिबार राति गोंगबु क्षेत्रको दीपज्योति र मित्रनगर आसपासमा गरेको संयुक्त अपरेशनमा खाजा घर सञ्चालनको नाममा यौन व्यवसाय सञ्चालन गर्ने, लागुऔषध बिक्री वितरण गर्ने तथा जुवा खेल्ने ३४ जनालाई नियन्त्रणमा लिएको हो। जसमा १९ पुरुष र १५ महिला रहेका छन्।

प्रभागका प्रमुख प्रताप पौडेलले वैशाख महिना नयाँ बसपार्क क्षेत्रलाई मानव बेचबिखन तथा ओसारपसार र यौन दव्र्ययसन नियन्त्रण क्षेत्र बनाउने कार्ययोजनाअनुसार गरिएको अपरेशनमा उनीहरुलाई नियन्त्रणमा लिएको बताए। उनले पक्राउ परेकाको अनुसन्धान भइरहेको र जसमध्ये १२ जनालाई मुद्दा चलाउने तयारी भइरहेको जानकारी दिए। रासस

प्रकाशित: ९ वैशाख २०७५ ०८:४५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App