३० माघ २०८१ बुधबार
image/svg+xml
समाज

केवलकार विवाद: सहमतिका लागि मस्यौदा तयार हुँदै

पाथीभरा क्षेत्रमा निर्माणाधीन केवलकारको विषयलाई लिएर आन्दोलनरत पक्ष र सरकारबीच जारी वार्ताका क्रममा सहमतिका लागि मस्यौदा तयार भइरहेको छ।

वार्ता सहजीकरण समितिकी सदस्य सरस्वती सिंघकले सहमतिका बुँदाहरूको मस्यौदा तयार भइरहेको जानकारी दिइन्। ‘ड्राफ्ट तयार हुँदै छ है,’ नागरिक न्युजसँगको छोटो संवादमा उनले भनिन्।

यस्तै, सरकारी वार्ता टोलीका संयोजक तथा नेपाल सरकारका सहसचिव प्रेमप्रसाद भट्टराईले पनि वार्ता सहमतितर्फ उन्मुख रहेको बताएका छन्। ‘सहमतिको मस्यौदा तयार भइरहेको छ,’ उनले जानकारी दिए।

सरकारको तर्फबाट गृह मन्त्रालयका सहसचिव नेतृत्वको टोली र आन्दोलनरत पक्षको तर्फबाट प्राज्ञ अमर तुम्याहाङको नेतृत्वमा वार्ता टोलीबीच सोमबार र मंगलबार वार्ता भएको थियो।

गत माघ १२ गते पाथीभरा क्षेत्रको बलुडाँडामा केवलकार निर्माणको विषयलाई लिएर भएको झडपपछि पूर्वी नेपाल अशान्त बनेको छ।

यही विवादका कारण माघ १५ गतेदेखि मेची राजमार्ग, तमोर करिडोर, तथा तेह्रथुम हुँदै ताप्लेजुङ प्रवेश गर्ने नाकाहरूमा यातायात बन्द गरिएको थियो। अहिले यो बन्द पूर्वी नेपालका अरुणपूर्वका नौ जिल्लासम्म फैलिएको छ।

प्रकाशित: २२ माघ २०८१ २०:११ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App