१६ चैत्र २०८० शुक्रबार
समाज

बस र ट्रक ठोक्किँदा २ को मृत्यु, २२ घाइते

धादिङ– पृथ्वी राजमार्ग अन्तर्गत धादिङको थाक्रे गाउँपालिका ६, महादेवबेसीमा बस र ट्रक आपसमा ठोक्किँदा चालकसहित २ जनाको मृत्यु भएको छ। 

मुग्लिनबाट काठमाडौंतर्फ आउँदै गरेको ना ६ ख ६५११ नम्बरको ट्रक र काठमाडौंबाट रौतहटको गौरतर्फ जाँदै गरेको ना ५ ख २४६७ नम्बरको यात्रुबाहक बस आइतबार मध्यरातमा ठोक्किएको थियो। 

दुर्घटनामा ट्रक चालक ललितपुर निवासी ३२ वर्षीय मनोज खड्की र बसमा यात्रु १६ वर्षीय आयुस्मा भट्टराईको मृत्यु भएको छ। ठक्करपछि घाइते भएका उनीहरुको उपचारका लागि अस्पताल लैजादै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।

दुर्घटनामा २२ जना गम्भीर घाइते भएका छन्। घाइतेहरुको काठमाडौँका विभिन्न अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय धादिङले जानकारी दिएको छ।

प्रकाशित: ३ वैशाख २०७५ १०:०७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App