३० माघ २०८१ बुधबार
image/svg+xml
समाज

सुन चोरी र बिक्रीमा संलग्न ३ जना पक्राउ

विभिन्न स्थानका सुनचाँदी पसल र घरमा चोरी गर्दै त्यसलाई बिक्री गर्ने कार्यमा संलग्न रहेको आरोपमा प्रहरीले ३ जनालाई पक्राउ गरेको छ। सोमबार बेलका नगरपालिका–९ बाट २८ वर्षीय अनिल लामिछाने विश्वकर्मासहित तीन जनालाई नियन्त्रणमा लिइएको हो।

प्रहरीका अनुसार, चौदण्डीगढी नगरपालिका–४ अमलचौरीकी अनिता मगरको घरबाट पुस २५ गते राति चोरी गरिएको सुन विक्री गर्ने दुई जना व्यवसायी पनि पक्राउ परेका छन्। तर, उनीहरूको नाम र ठेगाना भने हालसम्म सार्वजनिक गरिएको छैन।

मगरको घरबाट सुन चोरी गरी फरार भएका विश्वकर्मा सप्तरीको फत्तेपुर बजारस्थित एमके ज्वेलर्समा समेत चोरी गर्न पुगेको प्रमाण सिसिटिभी फुटेजमा फेला परेको छ। चोरी भएको सुनको यकिन विवरण आउन नसके पनि, घटनासँग जोडिएका अन्य प्रमाणहरूको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रारम्भिक अनुसन्धानअनुसार, विश्वकर्माले मगरको घरबाट सात तोला सुनका गरगहना, चाँदीका सामग्री, र नगद पाँच हजार रुपैयाँ चोरी गरेको पाइएको छ। घरमा कोही नभएको मौका पारेर दराज फोडेर चोरी गरिएको प्रहरीको भनाइ छ।

चोरीको घटनापछि इलाका प्रहरी कार्यालय बेलटारका प्रमुख प्रहरी निरीक्षक बबिन राईको नेतृत्वमा खटिएको टोलीले सोमबार राति बिराटनगरको गुन्द्री बजारबाट विश्वकर्मालाई पक्राउ गरेको हो।

चोरीमा संलग्न रहेका तीनै जनालाई जिल्ला अदालत उदयपुरबाट सात दिनको म्याद थप गरी अनुसन्धान अगाडि बढाइएको प्रहरीले जानकारी दिएको छ।

प्रकाशित: १ माघ २०८१ १६:३५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App