७ वैशाख २०८१ शुक्रबार
समाज

गाँजासहित दुई भारतीय महिला पक्राउ

मकवानपुर – दुई भारतीय महिलालाई प्रहरीले अवैध लागूऔषध गाँजासहित पक्राउ गरेको छ। झन्डै पाँच लाख मूल्यबराबरको करिब साढे ९२ किलो गाँजासहित भारतीय महिला शुक्रबार बिहान पक्राउ गरेका हुन्।

पक्राउ पर्नेमा भारत मोतिहारी जिल्ला मधुर्वा गाउँ मोफस, छतौनी कमलकी ३५ वर्षीया सुमित्रादेवी सहनी र २५ वर्षीया रिन्कीदेवी रहेका छन्। उनीहरूलाई मकवानपुर प्रहरीले पूर्वपश्चिम राजमार्गको मनहरी गाउँपालिका ९ स्थित रजैयाबाट पक्राउ गरेको हो।

मनहरीबाट हेटौंडातर्फ आउन लागेको युपी २१ एएफ १८५४ नम्बरको भारतीय सफारी जिप रोकेर प्रहरीले खानतलासी गर्दा गाँजा फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक विकासराज खनालले बताए। उनले जिपको विभिन्न भागमा फल्स बटम बनाएर प्लास्टिकमा ¥यापिङ गरी ४३ पोका गाँजा लुकाएर राखिएको अवस्थामा फेला परेको जानकारी दिए।

जिपको फल्स बटममा २ केजीदेखि ३ केजीसम्म प्लास्टिकमा प्याक गरेर गाँजा लुकाएर राखिएको प्रहरीले बताएको छ। प्रहरीले शंंकाका आधारमा जिप रोकेर खानतलासी गर्न खोज्दा चालक भागेका थिए। चालकको खोजी भइरहेको छ । उक्त गाँजा रजैयामा नै लोड गरेको हुन सक्ने प्रहरीले आशंका गरेको छ। पक्राउ परेका भारतीय महिलाविरुद्ध लागूऔषध नियन्त्रण ऐन २०३३ बमोजिम कार्बाही अघि बढाइने प्रहरीले जनाएको छ।

प्रकाशित: २ वैशाख २०७५ ०४:०९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App