१७ पुस २०८१ बुधबार
image/svg+xml
समाज

एक टोल एक सिँचाइ पोखरी अभियान

सिँचाइका लागि पानीको समस्या भएपछि भोजपुरको पूर्वी अरुण गाउँपालिका-७ सिक्रेटारले पोखरी निर्माण सुरु गरेको छ। वडाले अहिले एक टोल एक सिँचाइ पोखरीको अवधारणा अनुसार काम गरिरहेको वडाध्यक्ष कुमार थापाले बताए।

उनले भने, “सिँचाइका लागि पानी अभाव भएपछि पानी सङ्कलनका लागि पोखरी प्रभावकारी हुने देखिएको छ, यो अभियान एक टोल एक सिँचाइ पोखरीको अवधारणा अनुसार भइरहेको छ।”

पोखरी निर्माणले किसानको सिँचाइ आवश्यकता सम्बोधन गर्ने लक्ष्य वडाले राखेको छ। पोखरीको लम्बाइ १५ मिटर, चौडाइ ८ मिटर, र गहिराइ दुई दशमलब ३० मिटर तोकिएको छ।

पोखरी निर्माण उपभोक्ता समितिमार्फत भइरहेको छ। अवको केही दिनभित्रमा नै निर्माण पूरा गर्ने गरी काम भइरहेको जनाइएको छ। स्थानीय स्रोतसाधनको दिगो उपयोगलाई प्रोत्साहन गर्ने र सिँचाइ प्रणालीलाई प्रभावकारी बनाउने बताउँदै वडाध्यक्ष थापाले पानीको अधिकतम उपयोगका लागि पूर्व तयारीस्वरूप पाइपहरूको समेत व्यवस्था गरिएको बताए।

पानी सङ्कलनमा समस्या भइरहेको अवस्थामा बन्दै गरेको सिँचाइ पोखरीले सहयोग मिल्ने भएपछि स्थानीय वडावासीमा समेत उत्साह देखिएको छ।

प्रकाशित: १४ पुस २०८१ १२:५२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App