४ वैशाख २०८१ मंगलबार
समाज

साढे ३३ केजी सुन प्रकरणमा पक्राउ अभियुक्तद्वारा हिरासतमै आत्महत्या

काठमाडौं- साढे ३३ केजी सुन प्रकरणमा पक्राउ परेका प्रेमराज चौधरीले आत्महत्या गरेका छन्। महानगरीय प्रहरी वृत्त, सिंहदरबारको हिरासतमा रहेका उनले ट्राउजरले पासो लगाएर बाथरुपमा आत्महत्या गरेका हुन्।

नेपाल वायु सेवा निगममा लोडरको रूपमा कार्यरत उनलाई प्रहरीले यूएईबाट त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल हुँदै माघको अन्तिम साता तस्करी भएको सुनको अनुसन्धाको क्रममा पक्राउ गरेको थियो। तस्करी भएको सुन मुख्य तस्करसम्म नपुगी बिचैबाट गायव भएको थियो। सुन हराएपछि सुनका भरिया सनम शाक्यलाई तस्करहरुबाटै मारिएका थिए।

सुन तस्करीको घटनामा प्रहरीको पनि संलग्ना रहेको हुन सक्ने भन्दै गृहमन्त्रालयले सहसचिव ईश्वरराज पौडेलको संयोजकत्वमा छानविन समिति बनाएको छ। यता प्रहरीले पनि डीआईजी पुष्कलराज रेग्मीको नेतृत्वमा समिति बनाएको छ। यही प्रकरणमा क्रममा महानगरीय अपराध अनुसन्धान महाशाखाका प्रमुख एसएसपी दिवेश लोहोनी, डीएसपी प्रजित केसी र सई बालकृष्ण सञ्जेल प्रहरी मुख्यालय तानिएका छन्।

प्रकाशित: ३० चैत्र २०७४ १०:३७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App