१४ मंसिर २०८१ शुक्रबार
image/svg+xml
समाज

लक्ष्मीनिया गाउँपालिकाका वृद्धवृद्धाले असारदेखि पाएनन् सामाजिक सुरक्षा भत्ता

धनुषाको लक्ष्मीनिया गाउँपालिकाका वृद्धवृद्धाले असार महिना यताको सामाजिक सुरक्षा भत्ता नपाएको गुनासो गरेका छन्।

लक्ष्मीनिया गाउँपालिकाको गाउँसभा हुन नसक्दा खातासम्म सञ्चालन नभएकाले वृद्धवृद्धाले सामाजिक सुरक्षा भत्ता पाउन नसकेका हुन्।

आफूहरुले असार महिना यताको भत्ता पाउन नसकेको लक्ष्मीनिया गाउँपालिकाकी कुमारी मण्डलले गुनासो गरे। भत्ता नपाउँदा धेरै समस्यामा परेको उनले बताए।

उनले भने, ‘मेरै गाउँको अध्यक्ष हुन् तर पटक पटक भेटेरै गुनासो गर्दा समेत सुन्नुहुन्न।’

यता अर्का वृद्धले छोराछोरीले घरमा खर्च नदिने र पालिकाले पनि भत्ता नदिँदा निकै मर्कामा परेका बताए। उनले भने, ‘भत्ताकै भरमा आफ्नो खर्च चलाईरहेका थियौँ तर पटक पटक धाउँदा समेत असारपछि भत्ता पाएका छैनौँ।’

लक्ष्मीनिया गाउँपालिका वडा नम्बर १ का वडाध्यक्ष दिलिप यादवले प्रमुख प्रशासकीय अधिकृतका कारण यो समस्याको सिर्जना भएको आरोप लगाए। उनले प्रमुख प्रशासकीय अधिकृतको असक्षमताका कारण गाउँसभा नहुँदा पालिकाको खातासम्म सञ्चालन हुन नसकेको बताए। पालिकाको खाता सञ्चालन नभएकै कारण भत्ताहरुका साथै कर्मचारीहरुले तलवसम्म पाउन नसकेको बताए। 

यही विषयलाई लिएर लक्ष्मीनिया गाउँपालिकाको कार्यालय पुगेर जनप्रतिनिधिहरुका साथै नागरिक समाजले दबाबमुलक कार्यक्रम समेत गरेका छन्। 

प्रकाशित: १४ मंसिर २०८१ १६:३४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App