१४ मंसिर २०८१ शुक्रबार
image/svg+xml
समाज

दुर्गा प्रसाईंलाई थप ५ दिन हिरासतमा राख्न अनुमति

मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई थप ५ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ।

जिल्ला अदालत काठमाडौंले अनुसन्धानका लागि शुक्रबार थप ५ दिन म्याद थप्न अनुमति दिएको हो।

प्रसाईंलाई प्रहरीले मंसिर ४ गते भक्तपुरस्थित निवासबाटै पक्राउ गरेको थियो। उनले प्रधानमन्त्री केपी ओलीको कम्बोडियामा लगानी रहेको दाबी गर्दै डकुमेन्टसहितको एक भिडियो सार्वजनिक गरेका थिए। 

प्रकाशित: १४ मंसिर २०८१ १५:४९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App