महिला,बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री नवलकिशोर साह सुडीले विशेष संरक्षण आवश्यक भएका बालबालिकाहरूको आधारभूत अधिकार सरकारको पहिलो प्राथमिकता भएको बताएका छन्।
शुक्रबार बाल अधिकारको सय वर्ष पूरा भएको अवसरमा आयोजित कार्यक्रमलाई काठमाडौंमा सम्बोधन गर्दै उनले यस्तो कुरा बताएका हुन।उनले बालबालिकाहरू देशको भविष्य मात्र नभई वर्तमानका लागि पनि महत्त्वपूर्ण रहेको बताए।
मन्त्री सुडीले बालबालिकाको शिक्षा र स्वास्थ्य सरकारको प्राथमिकताको विषय भएको बताए। नेपालको राजनीतिक परिवर्तनसँगै नेपालको संविधान २०७२ को मौलिक हक अन्तर्गत धारा ३९ र बालबालिका सम्बन्धी ऐन, २०७५ ले बाल अधिकारको सम्मान, संरक्षण र परिपूर्तिमा राज्यको दायित्वलाई अस्पष्ट कानुनी व्यवस्था राखेको उनले बताए।
उनले बालविवाह अन्त्य, बालविवाह श्रम उन्मुलन, शिक्षामा सबैको पहुँच र बालबालिकाको स्वास्थ्य क्षेत्रमा महत्त्वपूर्ण उपलब्धिहरू हासिल गरेको बताए।
मन्त्री सुडीले बाल अधिकारको संरक्षण र प्रवर्द्धनमा अझ सशक्त रुपमा लाग्न आह्वान गरे ।
प्रकाशित: १४ मंसिर २०८१ १४:४७ शुक्रबार