१४ मंसिर २०८१ शुक्रबार
image/svg+xml
समाज

पाथीभराको झण्डै साढे १३ हजार केजी वजनका घण्टी लिलाममा

पाथीभरा क्षेत्र विकास समितिले ताप्लेजुङस्थित पाथीभरा मन्दिरमा रहेका भक्तजनहरूले चढाएका झण्डै साढे १६ हजार किलोग्राम बढी पुराना घण्टी लिलाम बिक्री गर्ने भएको छ।

पाथीभरा क्षेत्र विकास समितिका अध्यक्ष रक्की थेबेका अनुसार १६ हजार ३ सय ६८ किलो, १ सय ग्राम वजन बराबरका पुराना घण्टी लिलाम बिक्री गरिने जानकारी दिए।

क्षेत्र विकास समितिले लिलाम बिक्रीमा राखिएका घण्टीको न्यूनतम मूल्य प्रतिकिलोग्राम ३ सय ८० रुपैयाँ कायम गरेको जनाएको छ। लिलाम सकार्न चाहनेहरूले पुस १३ गते भित्रमा पाथीभरा क्षेत्र विकास समितिको कार्यालयमा सिलबन्दी बोलपत्र दर्ता गरिसक्नुपर्ने समेत समितिले जनाएको छ।

इच्छुक व्यक्ति वा फर्महरूले सिलबन्दी बोलपत्र दर्ता गर्न सक्ने भएका छन्। पुराना घण्टीको उचित व्यवस्थापनका लागि लिलाम बिक्री गर्ने निर्णयमा पुगेको समेत पाथीभरा क्षेत्र विकास समितिले जनाएको छ। 

प्रकाशित: १४ मंसिर २०८१ १४:२० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App