१५ चैत्र २०८० बिहीबार
समाज

प्रजनन अधिकार हनन भएमा क्षतिपूर्ति

काठमाडौं – स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री पद्माकुमारी अर्यालले प्रजनन स्वास्थ्यसम्बन्धी ऐन महिलाको जीवनोपयोगी हुने गरी बनाइने बताएकी छन्।

महिला, कानून र विकास मञ्चले मंगलबार आयोजना गरेको ‘प्रजनन स्वास्थ्यसम्बन्धी विधेयक’ माथि छलफल कार्यक्रममा उनले महिलाको प्रजनन अधिकारलाई ऐनले अझ बढी संरक्षण गर्ने बताइन्। उनले विधेयकको मस्यौदा चाँडै बनाउन निर्देशन दिएको भन्दै अब संसद् चल्नेबित्तिकै पेश गर्ने बताइन्।

कार्यक्रममा मन्त्रालयका निमित्त सचिव सुशील प्याकुरेलले महिलाका प्रजनन अधिकारलाई बढी सुनिश्चित हुने तरिकाले विधेयक तयार भइरहेको र सबैको सुझावका आधारमा विधेयकको मस्यौदालाई अन्तिम रुप दिन थालिएको जानकारी दिए।

महिला, बालबालिका तथा ज्येष्ठ मन्त्रालयकी उपसचिव विनिता भट्टराईले सुरक्षित गर्भपतन र मातृत्व तथा परिवार नियोजनको अधिकारलाई स्थापित गराउने गरी विधेयक बनाइनुपर्ने बताइन्। मञ्चकी अध्यक्ष मीरा ढुंगानाले महिलालाई उचित क्षतिपूर्तिका साथ विधेयक बनाउनुपर्ने बताइन्।

संविधानको धारा ३८ को २ ले महिलाको प्रजनन स्वास्थ्य अधिकारलाई मौलिक अधिकारका रुपमा लिएको छ। विधेयकमा प्रजनन अधिकार हनन भएको अवस्थामा क्षतिपूर्तिसमेतको व्यवस्था समेट्न थालिएको छ। रासस

प्रकाशित: २७ चैत्र २०७४ ०६:५६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App