नागरिककर्मी कृष्ण किसी सम्मानित भएका छन्। शनिबार भक्तपुरमा आयोजित एक कार्यक्रममा किसीसहित तीन जना संचारकर्मीलाई सम्मान गरिएको हो।
ग्लोबल स्काउट ट्रुप भक्तपुरले आयोजना गरेको ‘पेट्रोल कुकिंग कम्पिटिसन एण्ड स्काउट गाइडेन्स’ कार्यक्रममा नागरिककर्मी कृष्ण किसी, जनसञ्चार टेलिभिजनका सुरेशप्रसाद सैंजू, र चाँगुपत्र साप्ताहिकका हरिसुन्दर छुकांलाई सम्मान गरिएको आयोजकले जनाएको छ।
नेपाल स्काउट बागमती प्रदेशका शिवराम अर्यालले तीनै जनालाई फूलमाला र प्रमाणपत्र प्रदान गरी सम्मान गरे।
कार्यक्रममा नेपाल स्काउटका पूर्व केन्द्रीय सचिव तथा वरिष्ठ स्काउटर रामगोपाल कर्माचार्यले नेपाल स्काउटको प्रचारप्रसारमा उल्लेखनीय योगदान पुर्याएको भन्दै उनीहरूलाई बधाई दिएका थिए।
कार्यक्रममा मध्यपुर थिमिका स्थानीय स्काउट प्रमुख तुल्सीहरि प्रजापति, बागमती प्रदेशका सामुदायिक विकास आयुक्त धर्मभक्त, राष्ट्रिय प्रशिक्षक पवन वल्ल, र कार्यक्रम संयोजक जीवन सुवालले पनि सम्मानित पत्रकारहरूको योगदानको प्रशंसा गरे।
नेपाल स्काउटको गतिविधिलाई अघि बढाउन योगदान गरेको भन्दै उनीहरूलाई सम्मान गरिएको आयोजकले जनाएको छ।
प्रकाशित: ८ मंसिर २०८१ १८:१७ शनिबार