१६ चैत्र २०८० शुक्रबार
समाज

गणेश लामा जेल चलान

काठमाडौं- गुण्डा नाइके गणेश लामा पुर्पक्षका लागि जेल चलान भएका छन्। लामा फागुन ३० गते गौशालाबाट हतियार सहित पक्राउ परेका थिए।
जिल्ला प्रशासन कार्यालय काठमाडौँले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएपछि महानगरीय प्रहरी परिसर काठमाडौँले उनलाई डिल्लीबजार कारागारमा चलान गरेको छ।
परिसरका प्रवक्ता मोहन थापाले लामालाई अनुसन्धानपछि जिल्ला प्रशासन कार्यालयले पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेअनुसार डिल्लीबजार कारागार पठाइएको जानकारी दिए। दिनुभयो।

लामालाई दुई पटकसम्म म्याद थप गरी अनुसन्धान गरिएको थियो । हातहतियार तथा खरखजना ऐनअन्तर्गत ६ महिनादेखि एक वर्षसम्म कैद तथा रु ६० हजारदेखि एक लाखसम्म जरिवाना वा दुवै सजाय हुने व्यवस्था छ।
लामामाथि विसं २०६६ असार, २०६७ कात्तिक, २०६८ साउन र २०७० चैतमा काठमाडौँ परिसरमा मुद्दा दायर भए पनि उनीलाई गत माघमा अदालतले सफाइ दिएको थियो।

 

 

प्रकाशित: २६ चैत्र २०७४ १३:४३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App