८ मंसिर २०८१ शनिबार
image/svg+xml
समाज

करेन्ट लागेर घाइते ७ वर्षीया बालिकाको मृत्यु

विद्युत् प्रवाह भइरहेको तार पोलबाट खसेर लाग्दा गम्भीर घाइते भएकी ताप्लेजुङको मैवाखोला गाउँपालिका वडा नं ३ की ७ वर्षीय बालिकाको मृत्यु भएको छ।

उपचारका लागि ताप्लेजुङ जिल्ला अस्पतालतर्फ ल्याउने क्रममा सोमबार राति उनको मृत्यु भएको हो।

जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी प्रमुख(डिएसपी) रवि रावलका अनुसार मृत्यु हुनेमा मैवाखोला गाउँपालिका वडा नं ३ का साङ्गे शेर्पाकी ७ वर्षीया छोरी मंसिरी शेर्पा रहेकी छन्।

सरस्वती आधारभूत विद्यालय तुम्बेमा अध्ययनरत उनी घर फर्कँदै गर्दा पोलबाट झरेको विद्युतीय तारले लागेको थियो।

मैवाखोला गाउँपालिकाको वडा नं ५ स्थित पार्टीडाँडा माविका शिक्षक शान्ता आङवुहाङका अनुसार सो क्षेत्रमा दुई वर्ष अघि मात्र यस्तै प्रकृतिको करेन्ट लागेर एक जनाले ज्यान गुमाएका थिए।

प्रकाशित: ३ मंसिर २०८१ १२:०६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App