८ मंसिर २०८१ शनिबार
image/svg+xml
समाज

फुङ्फुङगे झरना पर्यटन मेला ‘महोत्सव’ मा रुपान्तरण

ताप्लेजुङको मिक्वाखोला गाउँपालिकामा मंसिर ७ गतेदेखि हुने फुङ्फुङगे झरना पर्यटन मेलालाई ‘महोत्सव’को रुपमा रुपान्तरण गरिएको छ।

गाउँपालिका अध्यक्ष भक्तबहादुर कार्कीले थप बृहत्त र व्यवस्थित गरी सञ्चालन गर्न यसअघि गर्ने भनिएको मेलालाई ‘महोत्सव’को रुपमा रुपान्तरण गरिएको जानकारी दिए।

‘पर्यटन मेलाको सट्टा अब पर्यटन महोत्सव हुनेगरी तयारीलाई तीव्र पारिएको छ’कार्कीले भने। फुङफुङ्गे झरनासहित सो क्षेत्रमा रहेका असंख्य प्राकृतिक सम्पदाको प्रवद्र्धन तथा बजारीकरणका लागि मेलालाई महोत्सवको रुपमा रुपान्तरण गरिएको कार्कीले बताए।

महोत्सव तथा खेलकुदका माध्यममार्फत पर्यटकीय स्थलको प्रचारप्रसार भई गाउँपालिका मात्र नभएर सिङ्गो जिल्लाको पर्यटन प्रवद्र्धन तथा विकासमा टेवा पु¥याउने उद्देश्यले महोत्सवकै रुपमा रुपान्तरण गरी कार्यक्रम थप बृहत्त बनाईएको कार्कीले जानकारी दिए।

ययसअघि त्यहाँ फुङ्फुङगे झरना पर्यटन मेला आयोजना गर्ने बताईएको थियो। खेलकुदलगायत विभिन्न गतिविधिसहित आउँदो मंसिर ७ देखि १० गतेसम्म साँवाको तेम्बामा महोत्सव आयोजना गर्न लागिएको छ।

फुङ्फुङगे झरना पर्यटन विकास समितिमार्फत सञ्चालन हुने महोत्सवले मिक्वाखोला क्षेत्रको मात्र नभई ताप्लेजुङको पर्यापर्यटन विकासमा योगदान दिने समिति अध्यक्ष विजय साँवाले जानकारी दिए।

समितिका अध्यक्ष साँवाका अनुसार पर्यटन मेलाको मुख्य आकर्षणका रुपमा पुरुष तथा महिला खुला फुटबल प्रतियोगिता राखिएको छ।

खेलकुदका माध्यमबाट समेत पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने अपेक्षा राखेर महोत्सवमा फुटबल प्रतियोगिता समावेश गरिएको हो।

वडा तथा स्तरीय प्रतियोगिताका विजेता र उपविजेताले पुरुषतर्फ क्रमशःएक लाख ११ हजार एक सय ११ र ६१ हजार एकसय ११ रुपैयाँ राशिको नगद पुरस्कारसहित ट्रफी,मेडल र प्रमाणपत्र पाउने छन्।

त्यस्तै महिलातर्फ विजेताले ५५ हजार एक सय ११ तथा उपविजेताले ३१ हजार एक सय ११ रुपैयाँ नगद पुरस्कारसहित ट्रफी,मेडल र प्रमाणपत्र प्राप्त गर्ने समितिका कोषाध्यक्ष सुकबहादुर साँवाले बताए। महोत्सवमा साँस्कृतिक कार्यक्रम लगायतका गतिविधिसमेत सञ्चालन हुने समितिले जनाएको छ।

२०४५ सालमा फुङ्फुङगे युवा मेलाका नामबाट झरनास्थलमा मेला लाग्न सुरु भएको थियो। मेलाले २०५२ सालसम्म निरन्तरता पाएर माओवादी द्वन्द्वपछि बन्द भएको अवस्थामा त्यसकै निरन्तरता स्वरुप करिव २९ वर्षपछि फुङ्फुङगे झरना पर्यटन महोत्सव आयोजना गर्न लागिएको हो। 

प्रकाशित: २८ कार्तिक २०८१ ११:०९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App