८ मंसिर २०८१ शनिबार
image/svg+xml
समाज

बसले मोटरसाइकललाई ठक्कर दिँदा एक युवकको मृत्यु, दुईजना गम्भीर

चितवनमा बस र मोटरसाइकल ठक्कर खाँदा एकजनाको मृत्यु भएको छ।दुर्घटनामा अर्का दुईजना घाइते भएका छन्। 

रत्ननगर नगरपालिका वडा नम्बर २ सब्जी मण्डी स्थित पुर्व पश्चिम राजमार्गको सडक खण्डमा बुधबार बिहान खैरहनी बाट टाडी आउदै गरेको मप्र ०१ -००१ ख ०४५७ नम्बरको बस  र  टाँडीबाट खैरहनी तर्फ जादै गरेको ना २४ प १९१८ नम्बरको मोटसाइकल ठोक्किदा मोटरसाइकलमा सवार रत्ननगर नगरपालिका- १३ अमिलियाका २१ वर्षिय सुनिल पौडेलको मृत्यु भएको हो। 

गम्भीर घाइते भएका पौडेलको नयाँ मेडिकल कलेज भरतपुरमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।

मोटरसाइकलमा सवार दुईजना घाइते भएका छन्। घाइते साहिल परियार र सञ्जय लामाको नयाँ मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ। 

उनीहरूको अवस्था  गम्भीर छ। मोटरसाइकलमा तीनजना सवार  थिए। बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

प्रकाशित: २१ कार्तिक २०८१ ०९:५८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App