१५ चैत्र २०८० बिहीबार
समाज

आफ्नै घरमा काम गर्ने बालिकामाथि जबरजस्ती करणी

सर्लाही– ऋण लगानी गरेर मिटर व्याजी साहुको रुपमा मुलुकव्यापी चर्चा कमाएका श्याम प्रदेशी उपनामले चिनिने श्यामकृष्ण साहलाई जबरजस्ती करणीको आरोपमा पक्राउ गरी प्रहरीले कारबाही प्रक्रिया अगाडि बढाएको छ।

कविलासी नगरपालिका–२, पिपरिया निवासी ६० वर्षीय साहले आफ्नै घरमा काम गर्ने बालिकामाथि जबरजस्ती करणी गरेको आरोपमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मलंगवाका नायव उपरीक्षक राजेश थापाले जानकारी दिए। आइतबार जिल्ला अदालत सर्लाहीबाट ५ दिनको म्याद लिएर अनुसन्धान प्रक्रिया अगाडि बढाइएको छ। पीडित १२ वर्षीया बालिकाका बुबा वैदेशिक रोजगारीमा रहेको र आमाले किटानी जाहेरी दिएको नायव उपरीक्षक थापाले जानकारी दिए। प्रहरीका अनुसार पीडित बालिका विगत ७ वर्षदेखि साहको घरमा काम गर्न बसेकी थिईन्।

अनपढ सर्वसाधारणलाई ऋण लगानी गर्दै मिटर ब्याज खाने साहुको रुपमा साहले केही महिनायता मुलुकभर चर्चा कमाएका थिए। साहले केही महिना अघि एकसाथ दुईसय जना भन्दा बढी सर्वसाधारण विरुद्ध अदालतमा मुद्धा दायर गरेका थिए। साहले १ लाख ऋण दिँदा ४ लाखको कागजमा सही छाप गराउने गरेको ऋण पीडितले बताउँदै आएका छन्। साहले छोरीसँग यौन सम्पर्क गर्न दिए ऋण मिनाहा गरिदिने प्रस्ताव समेत राख्ने गरेको कतिपय ऋण पीडितले सार्वजनिक रुपमै आरोप लगाउँदै आएका छन्।

प्रकाशित: २५ चैत्र २०७४ १२:०४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App