जुम्लाको कनकासुन्दरी गाउँपालिका -१ न्याउरीघाटका ३६ वर्षीय देवीलाल कठायतले १० वर्षदेखि निरन्तर मौरीपालन व्यवसाय गर्दै आएका छन्।
मौरीपालनबाट उनले वार्षिक ५ देखि ७ लाख रूपैयाँसम्म आम्दनी गरिरहेका छन्। काम गर्ने जोस जाँगर पनि उनमा उत्तिकै छ। कठायतको घरका बार्दली र बारीका छेउ मौरीका घारैघारले भरिएका छन्। मौरीको घुनुघुनु आवाजसँगै सुरू हुने देवीलालको दैनिकी बारीमा काम गरेर बित्ने गरेको छ।
कठायतका अनुसार बार्दली र बारीमा गरी हाल ३० वटा घरमा मौरी छन्।सबै परम्परागत मुढे घार हुन्। वैदेशिक रोजगारीमा जान असफल भएपछि उनले विसं २०६९ देखि व्यावसायिक रूपमा मौरीपालन गर्न थालेका हुन्। व्यावसायिक रुपमा मौरीपालन गर्नुभएका कठायतले आफूले जानेको ज्ञान सीपलाई किसानमाझ पुर्याउँदा छन्।
वार्षिक सबै खर्च कटाएर २ देखि ५ लाख रूपैयाँसम्म आम्दानी हुँदै आएको बताए।‘विदेश जानका लागि धेरै प्रयास गरेँ, सफल हुन सकेन, त्यसपछि मौरीपालनतर्फ लागें,’ कठायतले भने, ‘मैले’ मह प्रतिकेजी दुई हजार पाँचौ सयमा बिक्री गरेको छुँ।महको माग निकै बढेको हुँदा पुर्याउन नसकेको उनको भनाइ छ। कहिलेकाहीँ रोग लाग्ने, आहारको कमी हुनेलगायत समस्या हुने उनको भोगाइ छ।
मौरीपालनका लागि धेरै शारीरिक श्रम नचाहिने भएकाले सजिलो पेसा मन्ने उनले हिमाली क्षेत्र मौरीपालनका उपयुक्त हुने धारणा राखे।अहिलेसम्म कुनै मौरीपालनसम्बन्धी तालिम लिएँको छैन,तर,पुर्खौली पेसा भएकोले व्यावसायिक रूपमा पाल्न थालेको हुँ, अहिलेसम्म पाल्दै आएको छु।
युवालाई विदेश पठाउनुभन्दा स्थानीय सरकारले पनि युवालाई स्वरोजगारमूलक काममा लगाउनुपर्नेमा उनले जोड दिए।जाँगर चलाउने हो, भने पैसा कमाउनलाई विदेश जानु तथा कुनै ठूलो कार्यालयमा जागिर खानुपर्दैन, पहिचान गर्न सके काम र दाम यहीँ छ। आफ्नो सानोतिनो व्यावसायले कसैसँग हात फैलाउन नपर्ने,उनी रोजगारीका लागि विदेश जाने युवायुवतीहरुलाई नेपालमा पनि थुप्रै सम्भावना भएको बताउँछन् । स्वाभिमानको यस्तो पेसाले सबैलाई फाइदा पुर्याउने उनको भनाइ छ।
सानोतिनो काम देशमा गर्न लाज मान्दै ऋण खोजेर विदेश पुग्नेहरू दर्दनाक पीडा लिएर घर फर्केको देखेर बरु आफ्नो परिवारको साथ बसेर केही गरौँ भन्ने सोचले घरमै मौरी पालेको बताए। ‘मेहनेत र लगानी गरे विदेश नै कुद्नु पर्दैन,’ उनले भने, ‘कमाइ काज गर्न र पेट पाल्न विदेशिनु नै पर्दैन।स्वदेशमै ‘वास्तवमा कामको कमी कहीँ पनि छैन, त्यसलाई पहिचान र सम्मान गर्न सके जाँगर चलाउनेलाई जहाँ पनि काम र दाम दुवै छ,’ उनले भने् ।यता कर्णाली मौरीपालन सहकारी संस्था लिमिटेड जुम्लाका तथ्यांक अनुसार जिल्लामा अहिले ८ हजार ४ सय मौरी घार छन्।सबैभन्दा बढी पातारासी र सबैभन्दा कम तातोपानी र सिँजामा मौरीपालन हुने गरेको छ।
सहकारीको तथ्यांकअनुसार पातारासीमा सबैभन्दा बढी १६ सय घार, तिलामा १५ सय, गुठीचौरमा १४ सय, कनकासुन्दरीमा १२ सय, हिमामा ७ सय, चन्दननाथमा १ हजार र तातोपानी र सिँजामा ५ /५ सय घार मौरी पालेका छन् ।
प्रकाशित: १८ कार्तिक २०८१ १५:१३ आइतबार