१६ चैत्र २०८० शुक्रबार
समाज

मोटरसाइकल दुर्घटनामा एकको मृत्यु

रौतहट – रौतहटमा मोटरसाइकल दुर्घटनामा एक जनाको ज्यान गएको छ। गौर–चन्द्रनिगाहपुर सडक खण्ड अन्तर्गतको सखुअवा चोकनजिक रोकिराखेको टेलरमा ठोकिएर मोटरसाइकल दुर्घटना हुँदा माधवनारायण नगरपालिका ३ भेलहीका ४० वर्षिय रामबावु यादवको ज्यान गएको छ।

बागमती नदीबाट बालुवा लिएर आउदै गरेको टयाक्टरको टेलरको पाँङ्गग्रा बिग्रिएर बीच सडक मै रोकिएको थियो । शुक्रवार राति ८ बजे  गरुडावाट घरतर्फ ना २० प ७८०८ नम्बरको मोटरसाइकल चढेर आउदै गर्दा बाटो काटने क्रममा तिव्र गतिमा गुडिरहेको मोटरसाइकल नियन्त्रणमा लिन नसकेपछि सडक पेटी मै रोकिराखेको टेलरमा ठोक्किएर भएको मोटरसाइकल दुर्घटनामा यादवको घटनास्थल मै ज्यान गएको छ।

दुर्घटनामा ज्यान गुमाएका यादवको शव पोस्टमार्टमको लागि जिल्ला अस्पताल गौरमा राखिएको र घटनाको विषयमा अनुसन्धान भइरहेको रौतहटका प्रहरी प्रमुख एसपि यज्ञ विनोद पोखरेलले बताएका छन्।
 

प्रकाशित: २४ चैत्र २०७४ ०३:४२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App