१६ चैत्र २०८० शुक्रबार
समाज

करेन्ट लागेर एकको मृत्यु, तीन घाइते

कैलाली –धनगढीमा करेन्ट लागेर एक बालकको मृत्यु भएको छ भने तीनजना घाइते भएका छन् । 

धनगढी उपमहानगरपालिका–११ बेलाको वनखेतका १४ वर्षीय अमन चौधरीको मृत्यु भएको छ भने सोही स्थानका १२ वर्षीय सागर पनेरू, १५ वर्षीय अर्जुन कठायत र १४ वर्षीय नविन कठायत घाइते भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक वीरबहादुर बुढामगरले जानकारी दिए। 

घाइते हुने तीनै जनाको धनगढीस्थित सेती अञ्चल अस्पतालमा उपचार भइरहेको छ। 

वनखेत नजिकको विद्युत प्रशारण लाइन वरपर खेल्ने क्रममा उनीहरूलाई करेन्ट लागेको हो । 

प्रकाशित: २३ चैत्र २०७४ १३:०६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App