coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

जबरजस्ती करणी गर्ने झा पक्राउ

विराटनगर – ज्यान मार्ने र जबरजस्ती करणी तथा गर्भपतन गराएको अभियोगमा पक्राउमा परेका एक जनालाई शुक्रबार प्रहरीले सार्वजनिक गरेको छ। 

सुनसरीको बरहा नगरपालिका–७ बस्ने बेचु झाका २३ वर्षीय छोरा अजय झालाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालय मोरङले सार्वजनिक गरेको हो। 

सोही ठाउँ बस्ने ३० वर्षीया सोनिया मुसहरको ज्यान मार्ने र जबरर्जस्ती करणी तथा गर्भपतन गराएको अभियोगमा पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक विष्णुहरि कोइरालाले जानकारी गराए। 

गत, फागुन २६ गते मोरङको बेलबारीस्थित भाउन्ने जंगलमा बेहोश अवस्थामा फेला परेकी पीडित महिला सोनियाको उद्धार गरी बिपी कोइराला विज्ञान प्रतिष्ठानमा प्रहरीले भर्ना गरेको थियो। पीडित महिलाको बयानको आधारमा पक्राउमा परेका झाले विवाह गर्छु भनेर पटकपटक शारीरिक सम्बन्ध बनाएको बताएकी छिन्। 

आफूले विवाहका लागि दबाब दिँदा झापाको दमकमै बस्ने भनेर भाउन्ने जंगलमा लगेर सन्तोष तामाङको सहयोगमा ज्यान मार्न खोजेको बताए। सोनियाको गर्भमा रहेको सात महिनाको बच्चा पेटमै मरेको बताइएको छ। 

झालाई विराटनगर–१३ बाट पक्राउ गरी उनीमाथि ज्यान मार्ने, जबरर्जस्ती करणी र गर्भपतनअन्तर्गत मुद्दा दर्ता गरी कारबाही थालिएको छ। रासस

प्रकाशित: २३ चैत्र २०७४ १०:२७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App