२८ श्रावण २०७७ बुधबार
समाज

डोल्पालीका लागि अस्पताल बन्दै तातोपानी कुवा

रुपगाड (डोल्पा) – बिरामी पर्दा डोल्पाका अस्पतालमा सामान्य सिटामोलसम्म नपाउनु यहाँका जनताको नियतिनै बनिसकेको छ। दुर्गम जिल्ला डोल्पाका सर्वसाधारणहरूले वर्षौ देखि स्वास्थ्य उपचारको लागि विभिन्न प्रकारका समस्याहरू भोग्दै आएका छन्।

तर पछिल्लो समयमा डोल्पाली जनताहरुको उपचार गर्ने अस्पतालको रुपमा वाफिलो तातोपानीका कुवाहरू प्रयोग हुन थालेका छन्। यस्ता कुवाहरूमा जमिनको भित्री भागबाटनै तातो वाफयुक्त पानी आउने गर्दछ। प्राकृतिक रुपमा आफैं बनेका यी कुवाहरू लामो समय देखि डोल्पालीका लागि अस्पताल बन्दै आएकाछन्। यी कुवाहरूमा डुबुल्की मारेर नुहाउनाले विभिन्न प्रकारका रोगहरू निको हुने विश्वास रहेको छ।    

त्रिपुरासुन्दरी नगरपालिका—१ कि स्थानीय धनकली सार्कीका अनुसार “विगत चार वर्षसम्म शरीर दुख्ने रोगले हैरान पारेको थियो,पटक पटक जाँच गराउँदा समेत निको भएको थिएन्,पछि गाँउका महिलाहरूले तातोपानी कुवामा पुगेर नुहाएपछि निको हुन्छ भने,उनीहरूले भने अनुसार तातोपानी कुवामा नुहाएपछि शरीर दुख्ने रोग हराएको छ” सार्कीले भने।

“अहिले शरीर स्वच्छ छ,हरेक वर्ष यहि समयमा तातोपानी पुग्छु, तीन दिनको बसाइमा सात पटक सम्म नुहाउने गरेपछि निको भएको छ,सार्कीले भने हामी गरिब समुदायका लागि यस्ता कुवाहरू अस्पतालनै सावित भएका छन्।”

प्रत्येक वर्ष यस्ता तातोपानीका कुवाहरूमा नुहाउनाले छाला, मुटुजन्य, वाथ, औल ज्वरो, मोटोपन लगायत विभिन्न प्रकारका दिर्घ रोगहरू समेत निको हुने डोल्पाली सर्वसाधारणको विश्वास रहेको छ। यस कारण पनि फागुन पहिलो साता देखि चैत्र अन्तिम साता सम्मको अवधिमा हजारौ सर्वसाधारणहरू तातोपानी कुवा पुग्ने गर्दछन्।

जिल्लाको फलरुपी, सुपानी, सहरतारा, रुपगाड लगाएतका स्थानहरूमा तातोपानी तथा पँहेलो पानीको कुवाहरू रहेका छन्।
आर्थिक रुपमा सम्पन्न ब्यक्तिहरूका लागि मात्रै महंगा अस्पताहरू भएको र गरिबहरूको लागि तातोपानी कुवाहरूनै अस्पताल सावित भएको त्रिपुरा सुन्दरी नगरपालिका १ स्थानीय मुना सार्कीले बताए। उक्त कुवाहरूमा नुहाउने गरेपछि आफ्नो शरीर झमझमाउने तथा मुटु दुख्ने रोग निको भएकाले हरेक वर्ष तातोपानी पुग्ने गरेको थापाको भनाई छ।

“यस्ता कुवाहरूले जिल्ला बाहिर गएर उपचार गराउँदा लाग्ने पचासौँ हजार रुपैयाँ जोगीएको छ थापाले भने।” यी कुवाहरूमा नुहाउन फागुन देखि चैत्रसम्मको समय मात्रै उपयुक्त मानिन्छ। यस वर्ष पनि उक्त कुवाहरूमा नुहाउन जानहरूको भिडभाड देख्न पाइन्छ। बाटा घाटामा गाउँ गाउँबाट झरेका मानिसको कुवाहरूमा पुग्न लर्को लागेको छ।

त्रिपुरा सुन्दरी नगरपालिका—१ काधनमल सार्की पनि परीवार सहित तातोपानी पुगेकाछन्। तातोपानीमा नुहाउनाले वर्षौ देखि मुटुपोल्ने रोक सन्चो भएको उनले बताए। प्राय स्थानीयहरू समूहमा जाने भएकाले घरबाटै परीकारहरू लिएर गास बासको व्यवस्था सहित घरमा ताला मारेर तातोपानी कुवा पुग्ने गर्दछन्।

तातोपानीमा नुहाएर घर फर्केपछि कम्तीमा एक हप्तासम्म आराम गर्नुपर्ने उनीहरू बताउँछन्। विशेष गरेर यहाँ पुरुषहरुको तुलनामा महिलाहरू धेरै पुग्ने गरेका छन्। जिल्लाका केही तातोपानीका कुवाहरूसम्म पुग्ने बाटो अत्यन्तै जोखिमयुक्त भएकाले सुधारगर्नुपर्ने ठूलीभेरी नगरपालिका—९ का स्थानीय अमर सिंह कठायतले बताए।

यस्ता कुवाहरूलाई व्यवस्थित बनाएर पर्यटकीय स्थलको रुपमा विकसित गरेर आर्थिक लाभलिन सकिने समेत कठायतको भनाई छ। उक्त कुवाहरूमा नुहाउन जाने मान्छेहरूको चाप वर्षेनि बड्दै जान थालेकाले यसलाई व्यवस्थित गराउन सबै लाग्नु पर्नेमा उनले जोड दिए।

प्रकाशित: २३ चैत्र २०७४ १५:३१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App