८ वैशाख २०८१ शनिबार
समाज

चट्याङ लागेर एकको मृत्यु ४ घाइते

उदयपुर – उदयपुरको कटारी नगरपालिकामा चट्याङ लागेर १ महिलाको मृत्यु भएको छ भने ४ जना घाइते भएका छन्। बुधबार साँझ ७ः३० बजे घरमै बसिरहेका बेला हावाहुरी र वर्षासँगै परेको चट्याङ लागेर कटारी नगरपालिका १३ मोहनीटारकी ४६ वर्षीया हिरामाया जोसीको मृत्यु भएको प्रहरीले जनाएको छ।   

साँझ परेदेखि चल्न थालेको हावाहुरीसँगै परेको चट्याङले गम्भीर घाइते भएकी जोसीको कटारी अस्पतालमा उपचारको क्रममा मध्यराति मृत्यु भएको इलाका प्रहरी कार्यालय कटारीलाई उद्धृत गर्दै जिल्ला प्रहरीले जनाएको छ। चट्याङमा परी ७० वर्षीया जलसरी राई, २६ वर्षीया सीता राई, ४० वर्षीय खेतबहादुर सुनुवार राई र १६ वर्षीया तारा कार्की घाइते भएका छन्। 

घाइते ३ जनाको कटारी अस्पतालमा उपचार भइरहेको र स्वास्थ्यस्थिति सुधारोन्मुख रहेको अस्पतालले जनाएको छ। घाइतेमध्येकी कार्की भने ठूलो चोटपटक नलागेका कारण घरमै उपचार गरेर बसेकी छिन्। चट्याङ लागेर सोही ठाउँका पुष्प राउतको एउटा गाई पनि मरेको जिल्ला प्रहरी प्रमुख एसपी नवराज भट्टले बताएका छन्। 

मृतकको लास पोष्टमार्टमपछि आफन्तलाई बुझाइएको प्रहरीले जनाएको छ।  

प्रकाशित: २२ चैत्र २०७४ १०:०९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App